Latest
img

भावी प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छः बिना मगर

नेकपा माओवादी केन्द्र नेतृ एवं कञ्चनपुर १ की उम्मेदवार बिना मगरले आफू नेपाली कांग्रेसको समेत उम्मेदवार भएको बताएकी छन् ।उनले भनीन–म नेकपा माओवादी केन्द्रको मात्र होइन नेपाली कांग्रेसको पनि उम्मेदवार हुँ । एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि उम्मेदवार थियो ।

जनताले एजेन्डामा विश्वास गर्ने हो । संविधानको रक्षा र विकासका लागि गठबन्धन एकमात्र विकल्प हो । जनताले गठबन्धनका सबै उम्मेदवारलाई जिताउँछन्।गठबन्धनबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो भन्ने पत्रकार धमलाको प्रश्नमा मगरले भनिन्, गठबन्धनमा सरकारको नेतृत्वको विषय टुंगिसकेको छैन ।

तर प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो धारणा छ । किनभने उहाँ परिवर्तनका लागि राष्ट्र र जनताको पक्षमा उभिएको नेता हो । आम जनताको नेतृत्व गर्न प्रचण्ड नै सक्षम हुनुहुन्छ ।नेतृ मगरले आफूले विगतमा सांसद रहँदा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतको आधारभूत जग बसालेको बताइन् ।

उनले भनिन्, ‘मेरो क्षेत्रका चार पालिका बेलबारी, बेलौरी, लालझाडी, पुनर्वासमा धेरै खानीपानी योजना छन् । कोही सञ्चालन छन्, कोही ठेक्का प्रक्रियामा छन्, कोही शिलान्यासका क्रममा छन् । दोधारामा पुल निर्माण भएको छ । अब दोधारा तटबन्धनका लागि काम गर्नुपर्छ । साथै उनले मेरो शिक्षा र स्वास्थ्य राज्यको लगानी गर्नुपर्ने औंल्याइन् ।

यो पनि – काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् ।बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं, थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।

सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँछ । वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ति पु¥याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ । यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन ।

आनी गुम्बामा १६ फिटको बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन ।बाढी नियन्त्रणका लागि चरण–चरण गरी सवा अर्ब बढी रुपैयाँ बढी बजेट विनियोजन भइसकेको छ ।

तर, दीर्घकालीन समाधान निस्केको छैन ।दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका थिए । उनको प्रस्तावलाई मन्त्रिपरिषदले स्विकृत गरेको छ । कपन क्षेत्रको डुवान नियन्त्रणका लागि अघिल्लो महिना पुनः टेण्डर खुलेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment