मुम्बई । भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण नि’धन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो।
उनलाई तुरुन्तै अस्पताल पु¥याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको नि’धनको घोषणा गरेका थिए। सिद्धान्त पछिल्लोपटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए। सिद्धान्त फिटनेसका सौखिन थिए। सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो सेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे।
सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए। उनका दुई सन्तान छन्। यो उनको दोस्रो विवाह हो। यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए। तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए।
जिम वर्कआउटका क्रममा हृदयघा’त भएका सिद्धान्त तेस्रो कलाकार हुन्। यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा नि’धन भएको थियो। उनले कुसुम, कसौटी जिन्दगी के, कृष्ण-अर्जुन, जमीं से आस्मान तक, क्या दिल मे है, गृहस्थी जस्ता धेरै टिभी सिरीयलमा काम गरेसकेका छन् ।
यो पनि – बलिउड नायक कार्तिक आर्यनको हातमा एकपछि अर्को फिल्म देखिएका छन् । यसैले, कार्तिक पछिल्लो पुस्ताका सर्वाधिक सफल नायकको सूचीमा दहरिन थालेका छन् । फिल्म ‘भूलभूलैयाँ २’ सुपरहिट भएपछि कार्तिकको माग पनि उच्च भएको हो ।
यसैविच, बलिउड फिल्मको सर्वाधिक हिट कमेडी फिल्म ‘हेरा फेरि’को तेश्रो सिरिजमा कार्तिक आर्यन देखिने पक्का भएको छ ।भारतमा यो फिल्मले कमेडीको नयाँ आयाम नै कोरिदिएको थियो । अब, यही फिल्मको तेश्रो सिरिजमा कार्तिक देखिने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
फिल्ममा यसअघिका २ कलाकार सुनिल सेट्टी र पारेश रावलको पनि मुख्य भूमिका रहनेछ ।नायक कार्तिक आर्यनले अर्का नायक अक्षय कुमारलाई एकपछि अर्को फिल्ममा रिप्लेस गरिरहेका छन् । फिल्म ‘भूलभूलैयाँ र हेरा फेरि’मा अक्षयले अभिनय गरेका थिए । तर, अब यी फिल्मका सिरिजमा कार्तिक आर्यनले काम गरिरहेका छन् ।
Leave A Comment