काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् ।
“उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ”, उनले भने, “रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ ।” राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए ।
आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए । गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधान हुने बताए ।
“जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे ।
यो पनि – लामो समयदेखि दुहवीको भलुवा पचिरामा रहेको पुरानो घर छाडेर विराटनगरमा रहेको सालोको घरमा बसेर सुनसरी ३ मा आफ्नो निर्वाचन अभियान चलाईरहेका विजयकुमार गच्छदार आफन्त र निकटका सहयोगीहरुले साथ छाड्दा अहिले ‘मणि हराएको सर्प’ झै बनेर बाहिरका मानिसहरु भेलाजम्मा पारेर घरदैलो गर्न बाध्य छन ।
छ पटक चुनाव जितिसकेका गच्छदारले आफू एक ठाउँमा बसेर सहयोगीहरुलाई परिचालन गर्ने चुनावी शैली अपनाएर चुनाव लड्दै आएका थिए । तर यसपटक उनले खटाउने उनका विश्वासप्राप्त र निकट सहयोगीहरुले उनको साथ छाड्दा उनी एक्लो बनेका छन ।
जसका कारण उनले विराटनगरदेखिका मानिसहरु जम्मा गरेर आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन । गच्छदारका विश्वासिला सहयोगी मानिने मिलिराम विश्वासले निर्वाचनको मुखमा गच्छदारको शैलीप्रति असन्तोष ब्यक्त गर्दै कांग्रेस छाडिसकेका छन भने कांग्रेसको गाँउ नगर अधिबेशनका बेला उनले आफ्ना भजिता बेद गच्छदारलाई समेत माईनस गरेर उम्मेदवार बनाएका टेकचन्द्र विश्वास एमाले प्रवेश गरिसकेका छन् ।
उनका विश्वासपात्र प्रदीप चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन भने पूर्वराज्यमन्त्री सुमित्राकुमारी थरुनी पनि अहिलेसम्म गच्छदारको चुनावी प्रचारप्रसारमा हिँडेका छैनन् । उनीहरु अहिले अधिकांश समय घरमै बसेर विताउने गरेको उनी निकटहरु बताउँछन ।
Leave A Comment