अर्घाखाँची जिल्लाबाट प्रतिनिधीसभाका उम्मेदवार पुष्पा भुसाल मतदातासँग मत माग्न व्यस्त छिन् । जिल्लाको भौगोलिक रुपमा विकट मानिएको शितगंगाका मतदाताले जिताएर पठाउने प्रतिवद्धता गरेका छन् । शितगंगाको सिद्धारा, जलुके, सिमलपानी लगाएतका ठाउँका मतदाताले विकट क्षेत्रमा भएको भन्दै जिताएपछि शितगंगालाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
शितगंगा सिद्धाराका ७१ वर्षिय जिवप्रसाद पोख्रेलले प्रतिनिधीसभामा जिताएर पठाउने तर मन्त्री बनेर आउनु पर्ने र विकास गर्नु पर्ने बताए । ‘हाम्ले जिताएर पठाउँछौँ, मन्त्री बनेर आउँने जिम्मा तपाईको हो, उनले भने,‘चाक्लाबाट सिद्धारा हर्रेसम्म सडक पिचँ गर्नमा तपाईले गरेको योग्दान भुलेका छैनौँ, खानेपानी पनि ल्याउँन पहल गर्नुभएको हो, तपाईलाई भोट हान्न आतुर छौँ।’
हामीलाई विकास चाहिएको छ, गाउँमा सुन्छौँ, चुनावपछि गठबन्धनको सरकार बन्दै छ रे, तपाई उपसभामुख पनि हुनुभएछ, अब मन्त्री बनेर चाक्लाबाट धानखोला सम्मको सडक विस्तार गर्ने जिम्मा तपाईको हो, जितप्रसादले भने । स्व. काशिनाथ गौतमलाई सम्झदैँ पोख्रेलले भने ‘यहाँको विकासको रेखांकन उहाँले गर्नुभयो, अब विकास तपाईले गर्नुहोला, जिताउँन हामी प्रतिवद्ध छौँ ।’
सिद्धारा मात्र होईन, शितगंगाका अधिकाश बासिन्दाहरुले विकासबाट पछाडी परेकाले सबै क्षेत्रको भुगोल थाहा भएकाले पनि पुष्पालाई भोट दिएर जिताउँनका लागी लाग्ने बचन दिएका छन् । नेतृ भुसालले चुनावी सभा तथा मतदातासँग भेटघाट गर्दै शितगंगालाई विशेष क्षेत्र घोषणा गरेर विकास गर्ने प्रतिवद्धता गरेकी छन् ।
गठबन्धन दल काँग्रेस, माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको संयुक्त उम्मेदवार समेत रहेकी भुसालको चर्चा गाउँगाउँमा छ । एमालेको तर्फबाट सचिव टोपबहादुर रायमाझी चुनावी मैदानमा छन् । भुसाल र रायमाझीको पहिलोपटक एकैठाउँमा चुनावमा होमिएका हुन ।
यता अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा उम्मेद्धारी दिएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आसन्न निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्धार बनेका नेता केसीले बहुमतको जनमत दिंदापनि सत्ता चलाउन असफल भएको आरोप लगाउँदै पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने धारणा व्यक्त गरे ।
गठबन्धन अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको ७ र ८ का बिभिन्न टोलमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले यस्तो बताएका हुन् । अहिले एमालेबाट अर्घाखाँचीमा उम्मेद्धार बनेकाहरुलाई आफुहरुले समेत भोट हालेको ब्रिफ्रिङ्ग गर्दै नेता केसीले उनिहरुले समेत मतको दुरुपयोग गरेको उनको आरोप छ ।
आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने उनले बताए । आफ्नो राजनितिक जिवन जनता र देशको हितमा समर्पित गरेको दाबी गर्दै नेता केसीले यो चुनावमा जनताले आफु र गठबन्धनलाई भोट दिन आतुर रहेको जिकिर समेत गरे ।अर्घाखँँचीका जनता खास विकासको पर्खाइमा रहेको भन्दै नेता केसीले गठबन्धनको जितपछि जिल्लाको समग्र विकासको सुरुवात हुने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल, माओवादी केन्द्रका प्रदेश सदस्य जंग बहादुर परियार, अखिल (छैठौं) केन्द्रिय अध्यक्ष देबेन्द कुँवर, सदस्य टेकराज भुसाल, राजमो छत्रदेव अध्यक्ष खिमनारायण पाण्डे लगायतले सहजीकरण गरेका थिए ।
Leave A Comment