Latest
img

जापान पुगेको ३ महिनामै नेपाली युवकको नि’ धन

जापान ।अध्ययनका लागि जापान आएको तिन महिना पनि नबित्दै एक नेपाली विद्यार्थीको असामयिक नि’ धन भएको छ ।प्राप्त जानकारी अनुसार नुवाकोट घर भएका नेपाल थरका युवा गएराती टोकियो स्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।

नुवाकोट बेलकोट गढि घर भएका उनि करिव ३ महिना अघि मात्र जापान आएको बुझिएको नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।टोकियो स्थित सुमिदा कुमा आफु बस्दै आएको कोठामा नेपाल मृत भेटिएको र हाल प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

नेपाल स्थित परिवारसँग सल्लाह गरेर घटनाको बारेमा अनुसन्धान सहित शव व्यवस्थापनको बारेमा कुराकानी अगाडी बढेको उहाँले बताउनुभयो । टोकियो प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेकाले आतइबारसम्ममा विस्तृत जानकारी दिने बताएको नुवाकोट समाज जापानका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।मृ’तक नेपाल टोकियो म्यानेजमेन्ट कलेजमा अध्ययनरत थिए ।

यो पनि – रेलवे अपरेटर केइओ कर्पोरेशनले पश्चिम टोकियोमा रहेका आफ्ना ३२ वटा रेल स्टेसनमा पोर्टेबल ब्याट्री चार्जर भाडामा लिने सकिन सेवाहरू स्थापना थालेको छ । कम्पनीले हटाइएका टिकट मेसिनहरूको ठाउँलाई सदुपयोग गर्दै फोन चार्जनर मेसिन जडान गरेको हो ।

चार्जस्पोट भनिने सेवाले मानिसहरूलाई आफ्नो डिजिटल माध्यमहरु चलाउने क्रममा ब्याट्रीहरू अभाव भएमा भाडामा उपलब्ध गराउँछ । यसको लागि रेलवे कम्पनीले राजधानीको शिबुयामा रहेको इन्फोरिच इंकसँग सहकार्य गरेको हो । प्रारम्भमा यसको केइओ र इनोकाशिरा लाइनहरूमा ३२ स्टेशनहरूमा ३४ मेसिनहरू मार्फत यात्रुहरूलाई व्याट्रि उपलब्ध गराउने छ ।

प्रयोगकर्ताहरूले आफ्नो भुक्तान र अन्य जानकारीहरू एप मार्फत अग्रिम दर्ता गरेर मेसिन प्रयोग गर्न सक्छन् ।प्रत्येक मेसिनमा २० पोर्टेबल चार्जरहरू राखिएका छन्, र प्रयोगकर्ताहरूले चार्जरहरू जुनसुकै स्थानमा फिर्ता गर्न सक्छन् ।जापानी मौसम विज्ञान एजेन्सीको ७ म्याग्निच्युडमा ६ वा सोभन्दा बढीको शक्तिशाली भूकम्प आएमा चार्जरहरू ४८ घण्टासम्म निःशुल्क उपलब्ध गराइने भएको छ ।

धेरै शक्तिशाली तीव्रता अर्थात् ७ म्याग्निच्युडको भूकम्प आएको अवस्थामा, चार्जरहरू अनिश्चित अवधिको लागि निःशुल्क हुने कम्पनीले जनाएको छ ।रेल कम्पनी केइओका अनुसार ९५ प्रतिशत यात्रुहरूले आईसी कार्डको व्यापक प्रयोग थालेकाले केही टिकट मेसिन अनावश्यक बन्न पुगेको छ ।

जसले गर्दा टिकट मेसिनहरुको संख्या घटाएर त्यसको ठाउँलाई सदुपयोग गर्ने क्रममा पोर्टेबल चार्जर मेसिन स्थापना गरिएको हो ।कम्पनीले मार्च २०२३ सम्ममा माथि उल्लिखित दुई लाइनहरूमा सबै ६९ स्टेशनहरूमा चार्जस्पट मेसिनहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment