Latest
img

अध्ययनका लागि दुई महिनाअघि जापान गएका नुवाकोटका १८ वर्षीय प्रवीणको मृ’ त्यु

काठमाडौं :दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृ’ त्यु भएको छ ।जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृ’ त्यु भएको हो ।

युवकको मृ’ त्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन ।मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बि’रामी भएको जानकारी गराइएको थियो ।

आवश्यक अनुसन्धानका लागि युवकको श’ व प्रहरीले अस्पतालमा राखेको छ । परिवारले श’ व नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको छ ।नेपालमा रहेका मृतकको परिवारसँग सल्लाह गरेर घटनाबारे अनुसन्धान र शव व्यवस्थापनका कुरा गरिने बताइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र यसबारे आइतबारसम्ममा विस्तृत जानकारी गरिने टोकियो प्रहरीले बताएको छ । मृ’ तक टोकियो म्यानेजमेन्ट कलेजमा अध्ययनरत् थिए ।मृ’ तक नेपाल १८ वर्ष पुरा नभएकोले जापान आएदेखि कामपनि नगरेको उनका साथीले बताए ।उनले आफ़्नो फ़ेसबुकमा रहेका सबै जानकारी स्टाटस तस्वीरलाई समेत मेटाएका छन ।

उनी निकटका साथीको भनाइ अनुसार आर्थिक रूपमा पारिवारिक अवस्था पनि राम्रो रहेको थियो । जापानमा मृ’ त्यु हुने नेपालीको संख्या बढीरहेको छ । आफुले आफैलाई मानसिक र शाररिक रुपमा स्वास्थ्य राख्न एकदमै जरुरी रहेको देखिन्छ ।के कति कारणले नेपालले मृ’ त्युको बाटो रोजे भन्नेबारेमा यकिन केहि भन्न सकिने अवस्था नरहेको देखिएको छ ।

यो पनि – रेलवे अपरेटर केइओ कर्पोरेशनले पश्चिम टोकियोमा रहेका आफ्ना ३२ वटा रेल स्टेसनमा पोर्टेबल ब्याट्री चार्जर भाडामा लिने सकिन सेवाहरू स्थापना थालेको छ । कम्पनीले हटाइएका टिकट मेसिनहरूको ठाउँलाई सदुपयोग गर्दै फोन चार्जनर मेसिन जडान गरेको हो ।

चार्जस्पोट भनिने सेवाले मानिसहरूलाई आफ्नो डिजिटल माध्यमहरु चलाउने क्रममा ब्याट्रीहरू अभाव भएमा भाडामा उपलब्ध गराउँछ । यसको लागि रेलवे कम्पनीले राजधानीको शिबुयामा रहेको इन्फोरिच इंकसँग सहकार्य गरेको हो । प्रारम्भमा यसको केइओ र इनोकाशिरा लाइनहरूमा ३२ स्टेशनहरूमा ३४ मेसिनहरू मार्फत यात्रुहरूलाई व्याट्रि उपलब्ध गराउने छ ।

प्रयोगकर्ताहरूले आफ्नो भुक्तान र अन्य जानकारीहरू एप मार्फत अग्रिम दर्ता गरेर मेसिन प्रयोग गर्न सक्छन् ।प्रत्येक मेसिनमा २० पोर्टेबल चार्जरहरू राखिएका छन्, र प्रयोगकर्ताहरूले चार्जरहरू जुनसुकै स्थानमा फिर्ता गर्न सक्छन् ।जापानी मौसम विज्ञान एजेन्सीको ७ म्याग्निच्युडमा ६ वा सोभन्दा बढीको शक्तिशाली भूकम्प आएमा चार्जरहरू ४८ घण्टासम्म निःशुल्क उपलब्ध गराइने भएको छ ।

धेरै शक्तिशाली तीव्रता अर्थात् ७ म्याग्निच्युडको भूकम्प आएको अवस्थामा, चार्जरहरू अनिश्चित अवधिको लागि निःशुल्क हुने कम्पनीले जनाएको छ ।रेल कम्पनी केइओका अनुसार ९५ प्रतिशत यात्रुहरूले आईसी कार्डको व्यापक प्रयोग थालेकाले केही टिकट मेसिन अनावश्यक बन्न पुगेको छ ।

जसले गर्दा टिकट मेसिनहरुको संख्या घटाएर त्यसको ठाउँलाई सदुपयोग गर्ने क्रममा पोर्टेबल चार्जर मेसिन स्थापना गरिएको हो ।कम्पनीले मार्च २०२३ सम्ममा माथि उल्लिखित दुई लाइनहरूमा सबै ६९ स्टेशनहरूमा चार्जस्पट मेसिनहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment