Latest
img

सुदुरपश्चिममा फेरी शक्तिशाली भूकम्पको धक्का

काठमाडौ । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डाेटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीय हरुले जानकारी दिइरहेका छन् ।यसबारे थप विवरण आउन बाँकी छ। यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसयता निरन्तर पराकम्पहरु गइरहेका छन् ।

यो पनि – नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरू गठबन्धन गरेर मोर्चा बन्दी गरेको आरोप लगाएका छन् ।

सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरू गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको नेता रायमाझीले बताए ।शनिवार बुटवलमा नेकपा एमाले अर्घाखाँची रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा एमालेबाट अर्घाखाँचीको प्रतिनिधिसभा उम्मेदवार रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताए ।

‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरूले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ रु, एमालेसँग एक्ला एक्लै चुनावमा गए अस्तित्व मेटिने त्रास बाहेक के हुन्छ रु तर हामीलाई कुनै डरत्रास छैन, जनताले कसले के काम गर्‍यो भनेर हिसाब गरेका छन्’, नेता रायमाझीले भने ।

डेढ दशकअघि अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्याङ्कन गरेको बताउँदै नेता रायमाझीले गठबन्धनविरुद्धको सन्देश स्थानीय तहको निर्वाचनमा दिइसकेको बताए ।उनले भने–‘अहिले हामीले मेहनत गरेका योजनामा अरूले नाम राखेर प्रचार गर्नुपर्ने अवस्था छ,

त्यसको साटो यो डेढ दशक हामी सरकार बाहिर रहेको समयमा किन काम हुन सकेन भनेर उनीहरूसँग कुनै जवाफ नै छैन, हामीले सुरु गरेका महत्त्वपूर्ण आयोजनाहरू रोक्ने काम भएको छ, अब तपाईँहरू यो सन्देश लिएर गाउँमा आउनुहोस् । ’

स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीबाट देशव्यापी सन्देश दिने काम भएको छ, अब गठबन्धन गरेर चुनावमा हामी बलियो छौँ भनेर जनताले पत उनेवाला छैन, अरुबेला जिल्लामा नटेक्ने, विकासका काममा कुनै सरोकार नराख्ने, चुनावको बेला आएर चर्का कुरा गरेर कसैले पत्याउनेवाला छैन– नेता रायमाझीले भने ।

जिल्लामा भौतिक विकाससँग, कृषिको आधुनिकीकरण, व्यवस्थित बजारीकरण र खानेपानी तथा विद्युतको व्यवस्थापन, स्वास्थ्य र शिक्षाको व्यवस्थापन, बढ्दो बसाइसराइ रोक्न दीर्घकालीन योजना र पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन योजना पार्टीले योजना बनाएर लागेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार रामजी घिमिरे, समानुपातिक उम्मेदवार बिजुला रायमाझी, एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायतले पार्टीले चुनावमा गरेका प्रतिद्धवतालाई पूरा गर्ने जनाएका थिए ।रुपन्देही आसपासमा अर्घाखाँचीबाट आएर बसोबास गरेका एमाले निकट विभिन्न क्षेत्रका व्यक्तिहरूसँग चुनावी प्रतिबद्धता तथा भेटघाट गरिएको अध्यक्ष डबल बिसीले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment