मेलबर्न अष्ट्रेलिया । को’ भिडबाट संक्रमित भएका करिब ८०० यात्रु बोकेको एउटा क्रूज जहाज सिड्नीमा रोकिएको छ। म्याजेस्टिक प्रिन्सेस शनिबार बिहान ६ बजे भन्दा पहिले सर्कुलर क्वेमा आइपुगेको थियो। धेरै यात्रुहरू बन्दरगाहमा जहाज रोकिएको हेर्न बालकोनीमा बसेका थिए।
ति मध्ये अधिकांशले मास्क लगाएको बताइएको छ। एम्बुलेन्स चालक दलहरू विदेशी यात्रु टर्मिनलमा तैनाथ थिए। न्यूजील्याण्डको १२ दिने भ्रमण पूरा गरेका यात्रुहरू जहाजबाट बाहिर निस्कन तयारी गर्दै थिए। उक्त जहाजमा भएका हरेक ४ जनामध्ये एक जनामा को’ रोना संक्रमण भएको अनुमान गरिएको छ।
२०२० मा रबी प्रिन्सेज जहाजमा को’ रोना संक्रिमत भएको संख्यापछि कै सबैभन्दा धेरै भएको बताइएको छ। जहाजका प्रवक्ताले उक्त जहाजमा सवार व्यक्तिहरू को’ रोना संक्रमित भएको पुष्टि गरेका छन्। ‘सबै अप्रभावित पाहुनाहरूले मास्क लगाएका छन् र उनीहरू सिड्नीमा ओर्लिएपछि पनि यो क्रम जारी रहनेछ।
हामीले सक्रिय रूपमा को’ भिड १९ का घटनाहरूको लागि तयारी र व्यवस्थापन गरिरहेका छौं। न्यु साउथ वेल्स हेल्थसँग उनीहरूको दिशानिर्देशहरू पालना गर्दै नजिकबाट काम गर्न हामी तयारी छौं।’ जहाजका प्रवक्ताले भनेका छन्। प्रभावित पाहुनाहरूलाई उनीहरूको घर, होटल वा अन्य स्थानमा उनीहरूको मनपर्ने ठाउँमा अलग गर्न निजी यातायातको व्यवस्था गरिएको बुझिएको छ।
पूर्वी समुद्रीतट र क्रूज प्रोटोकलहरूका अनुसार यात्रुहरू र चालक दल को’ रोना संक्रमित भएमा उनीहरूको सकारात्मक परीक्षण परिणामको मितिबाट पाँच पूर्ण दिन अलग्गै बस्नुपर्नेछ। यसैबीच अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ।
फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ। निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ।
गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन्।
Leave A Comment