चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आ’ क्रमण गरेको आरोप लगाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आ’ क्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए ।
रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए ।घटना लगत्तै उम्मेदवार लामिछानेले आ’ क्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्यालीमा रहेको बताए ।
उनले यो आक्रमणलाई आफूमाथिको आ’ क्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् ।
स्वतन्त्र पार्टीले आक्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी, भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको दाबी गरेको छ ।तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।
Leave A Comment