तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पार्नुभयो । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए । उनले भने, “अधूरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु ।”
सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पारे । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उनले बताए ।
त्यस्तै लमजुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् ।नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन् ।
आइतबार मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहेका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक(पटक संविधानको उल्लंघन गर्ने र संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीेको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक बाम गठबन्धन गरेर आएको बताए । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे ।
गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता रामचन्द्र पौडेलले भविष्यमा मिलीजुली सरकार गठन गर्नुनै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौं भन्दै पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएको बताए ।
संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धीलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए ।
पटक(पटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्दछ भन्ने पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताए ।उनले गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उनको धारणा थियो ।
त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओबादी केन्द्रका देव प्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली काँग्रेसका डा। टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे ।
Leave A Comment