Latest
img

सूर्य थापाकाे चुनावी प्रचारमा ‘भेलु बाजे’

काठमाडौँ – युट्युब, फेसबुक र टिकटकका ‘भाइरल म्यान’ भेलु बाजे नेकपा (एमाले)का युवा नेता सूर्य थापाकाे चुनावी प्रचारमा देखिएका छन्। उनी प्यूठान जिल्लाकाे एउटा चुनावी सभामा उम्मेदवार थापासँगै भेटिएका हुन्।

पत्रकारिता हुँदै एमालेको राजनीतिमा उदाएका युवा नेता सूर्य थापा कम्युनिस्टको ‘गढ’का रूपमा पहिचान बनाएको प्युठानबाट प्रतिनिधिसभामा सदस्य पदको उम्मेदवार छन् ।अघिल्लो निर्वाचन (२०७४) मा एमालेसहितको सहयोगमा निर्वाचित गराइएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उनको प्रतिस्पर्धी हुन् ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका थापाले पहिलो पटकमै संसदीय परीक्षा उत्तीर्ण गर्छन् कि पौडेलले आफ्नो जीतको यात्रालाई जारी राख्छिन् भनेर अहिले प्युठानमा चासो र चर्चा व्यक्त भइरहेको छ ।पौडेल चुनाव जितेर ५ वर्षसम्म जिल्ला नफर्केको प्युठानबासीको गुनासो छ ।

२०७० मा समानुपातिकतर्फबाट संविधान सभामा पुगेकी पौडेलले २०७४ मा एमाले र माओवादीको साथले चुनाव जितेकी थिइन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा उनलाई यसपटक कांग्रेस र माओवादीको साथ छ ।संघारमा आइसकेको प्रतिनिधिसभा निर्वाचनमा थापा र पौडेल घरदैलोमा केन्द्रित छन् ।

आफूलाई जिताउन जनतालाई विनम्रतापूर्वक आग्रह गर्दै राति अबेरसम्मै नेताहरू गाउँ–गाउँ पुगिरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीलाई बलियो गरी साथ दिने नेता थापालाई तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी जनमोर्चा उपाध्यक्ष पौडेलको चुनौती छ ।प्युठान जनमोर्चाको पुरानो किल्ला मानिन्छ ।

कांग्रेस, माओवादी केन्द्रसहित अन्य दलको साथ दुर्गालाई छ ।यता पौडेलका प्रतिस्पर्धी एमाले नेता थापा जिल्ला पार्टीमा बलियो पकड भएका नेता मानिन्छ । यसअघि पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । ३० वर्षदेखिको राष्ट्रिय जनमोर्चाको ‘रजगज’ आफूले भत्काउने थापाले दाबी गरेका छन् । प्युठानलाई बदल्ने समग्र विकासको खाकासहित आफूले ५१ बुँदे प्रतिबद्धतापत्र जनतासमक्ष ल्याएको थापाको भनाइ छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रेस सल्लाहकार भएर काम गरेका थिए ।धेरै कम्युनिस्ट नेताहरू जन्मिए पनि प्युठानले विकासमा गति लिन नसकेको आमजनताको गुनासो रहँदै आएको छ ।अहिलेसम्म जिल्लाबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूले जिल्लाको विकासमा सोचेअनुसार योगदान दिन सकेनन् भन्ने गुनासो मतदाताहरू सुनाउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment