Latest
img

६४ वर्षको उकालोमा पनि उस्तै लोकप्रियता कमाइरहेका हरिवंशको आज जन्मदिन

बरिष्ठ अभिनेता हरिवंश आचार्य आजबाट ६४ वर्षमा लागेका छन् । जन्मदिनको अवसरमा बिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओइरो लागिरहेको छ ।हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले हरिवंशको स्टारडम झन् झन् उचाईतर्फ धकेलीरहेको छ ।

पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ ।यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो । हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन् ।

उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ । उनको पछिल्लो फिल्म महापुरुष हेर्नेहरु सबैले उनलाई हिरो भन्दै सम्मान ब्यक्त गरिरहेका छन् ।‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि उत्तिकै लोभलाग्दो छ भन्ने पुष्टि गर्छ ।

महापुरुषको प्रदर्शनले तीनवटा स्पष्ट सन्देश दिएको छ । पहिलो- हरिवंशको लोकप्रियतामा कमी आएको छैन । दोस्रो- उनी बक्स अफिसका अब्बल खेलाडी पनि हुन् । तेस्रो- अघिल्लो र अहिलेको पुस्तालाई जोड्ने जादू उनमा छ ।पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ ।

यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ । यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो ।आचार्यको करिअर चाहिं रेडियो नेपालदेखि सुरु भयो । २०३१ सालमा रेडियो नेपालबाट जागिर थालेका उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग सहकार्य गरे ।

२०३२ सालमा उनले राष्ट्रिय नाचघर ज्वाइन गरे ।अभिनेता मदनकृष्ण श्रेष्ठसँग महजोडी नाममा उनको व्यावसायिक सहयात्रा उदाहरणीय मानिन्छ । श्रेष्ठसँग मिलेर हरिवंशले गाईजात्रा कार्यक्रम, सिरियल र फिल्ममा सहकार्य गरेका छन् ।हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन् ।

उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ । त्यस्तै प्रदर्शनको तेस्रो सातामा फिल्म ‘महापुरूष’ हाउसफुल भइरहेको छ । शुक्रबारसमेत दर्शकको साथ् पाएको फिल्म शनिवार काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुलछन् ।

विहानी देखि नै शतप्रतिशत अकुपेन्सीसहित शोहरू प्रदर्शन भइरहेका छन् । प्रदर्शनको तेस्रोसातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो दर्शकको उपस्थितिसँगै बढिरहेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ४ लाख ग्रस कलेक्सन गरेको फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।

फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको फिल्मले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले जानकारी दिए । ‘विदेशी फिल्म प्रदर्शन हुने शैलीमै पहिलोपटक अमेरिकामा नेपाली फिल्म प्रदर्शन भइरहेको छ ।

यसले भरिभराउ दर्शक पाइरहेको छ । फिल्म धेरै सहरमा लाग्न बाँकी नै छ’, अमेरिका वितरक सुवेदीले भने,‘यसले अमेरिकामा प्रदर्शन भएको अहिलेसम्मको नेपाली फिल्ममा इतिहास बनाउदैछ । फिल्म हेर्ने युवायुवती, वृद्धवृद्धासँगै विदेशी दर्शकहरू समेत आएका छन् ।’

उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएँ । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय फिल्म रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने ।

वितरक सुवेदीका अनुसार डलासमा मात्र नोभेम्बर १० सम्ममा ६९ शो भइसकेको छ भने एटलान्टा, जर्जिया बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिना, लस एन्जलस, डेनभर, एक्रोन, ह्युस्टन, अस्टिन जस्ता सहरमा समेत प्रदर्शन भइरहेको फिल्म ’महापुरूष’ को एक सय ४७ शो भइसकेको छ ।

विदेशी फिल्मकै शैलीमा प्रदर्शन भइरहेको पहिलो रहेको सुवेदीले बताए । ‘अमेरिका र क्यानाडामा तीन सय शो हुने प्रारम्भिक अनुमान हाम्रो छ । यो बढ्न पनि सक्छ । यो विकेन्डमा राखिएका अधिकाँस शोहरू हाउसफुल भएका छन्’, सुवेदीले भने, ‘डिसेम्बर २ बाट बे एरियाको सिनेमार्क र सिनेलाउन्जमा समेत प्रदर्शन गर्दैछौँ । महापुरूष उत्तरी अमेरिकामा सबै भन्दा बढी शो हुने फिल्म बन्दैछ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment