Latest
img

नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ। २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ। सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ।चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ।

नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ। पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो।

यो पनि -नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५८ पैसा छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ।

युके पाउण्ड स्तिलिङ्ग एकको खरिदमा १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८६ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा,

सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९४ रुपैयाँ ४६ पैसा तोकिएको छ। त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३४ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment