फिफा विश्वकप प्रतियोगिताको इतिहासमै पहिलोपटक तीन महिला रेफ्रीहरुले देखिदैछ्न् ।फिफाले घोषणा गरिसकेको ३६ रेफ्रीको नामावलीमा यसपटक तीन महिला मुख्य र ९६ सहायक रेफ्रीमा पनि तीन महिलाले खेलको निर्णायक भुमिका सम्हाल्नेछ्न् ।
३६ वर्षीय योशिमी यामाशितालाई जापानमा प्रख्यात रेफ्रीको रुपमा चिनिन्छ ।फिफाले छनोट गरेपछि उनले २०१९ एएफसी पुरुष च्याम्पियन्स लिगको निर्णय गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन् । उनले २०१९ कै महिला विश्वकप,२०२० को समर ओलम्पिक्समा पनि आफ्नो काम देखाइसकेकी छिन् ।
रेफ्री बन्न अघि उनी फिटनेस प्रशिक्षकको रुपमा काम गर्थिन् ।रुवाण्डाका ३४ वर्षिया सलिमा मुकानसांगा २०१२ देखि फिफाको रेफ्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।उनले २०१९ को महिला विश्वकप, टोकियो २०२० को ओलम्पिक्स र यसै वर्ष पुरुष अफ्रिका कप अफ नेसन्सको खेल सन्चालन गरिसकेकी छिन्।
यो विश्वकपमा देखिने अर्को महिला रेफ्री फ्रान्सकी ३८ वर्षिया स्टेफनी फ्रापार्ट हुन् । उनी सन् २००९ देखि फिफाको आधिकारिक रेफ्रीको रुपमा रहेकी छिन् । उनले २०१९ मा फ्रेन्च लिग १, २०२० मा च्याम्पियन्स लिग खेलाइसकेकी छिन्। यसै विश्वकपको छनौट चरणको खेलहरुको निर्णय गर्ने उनी पहिलो महिला पनि रहेकी छिन् ।
मुख्य रेफ्री संगै यस विश्वकपमा देखिने तीन महिला सहायक रेफ्रीहरु ब्राजिलकी नोइजा पाक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट रहेका छन् ।त्यस्तै विश्वव्यापी रुपमा लोकप्रिय दक्षिण कोरियाली म्युजिक ब्यान्ड ‘बाङ तान सोन्योनदान (बिटिएस) का जिवोन जङकुकले फिफा विश्वकप २०२२ का लागि नयाँ गीत सार्वजनिक गर्ने तय भएको छ ।
आफ्नो ट्विटर ह्यान्डल मार्फत जानकारी दिदै ब्यान्डले जङकुकको एकल स्वरमा नयाँ गीत संगै उनले प्रतियोगिताको उद्घाटनमा प्रस्तुति दिने जनाएको छ ।आफ्नो फ्यानबाट जेके र कुकी भनेर चिनिने ब्यान्डका कान्छा सदस्य जङकुक गएको महिना कतार भ्रमणमा आएका थिए । उनी शुक वकिफ,कतारा लगायतका स्थानमा देखिएका थिए ।
Leave A Comment