Latest
img

अमेरिकामा अर्काको घरमा जाँदा घन्टी बजाउने तरीका थाहा नपाएमा फसिने

अमेरिकामा ज्यादै शिष्टचार शब्दको प्रयोग हुन्छ । साथै शिष्टाचार ब्यबहारको प्रयोग पनि गरिन्छ । सभ्यता र भलादमी आचरण व्यावहारिक रुपमा प्रयोग गरेको पाइन्छ । देश विकशित भएको कारण यहाँका बिदेशीहरु या रैथानेहरु सबै कुराहरु प्रयोग गर्दछ ।

बाहिरबाट अमेरिका आएका मानिसले धेरै कुराहरु धेरै सिक्नु पर्छ । सिक्ने काम कहिले सकिदैन । झन् बिरानो ठाउँ या बिदेशी भूमिमा आए पछि धेरै कुराहरु सिक्नु पर्ने अनिवार्यता हुन्छ ।जस्तो देश उस्तै भेष भने झैँ मानिसले सिकेन भने उ असभ्य हुन्छ ।अमेरिकामा आएका नेपालीहरुले धेरै कुरा सिकेका छन् ।

अमेरिकामा शिष्टचारहरुको उदाहरण प्रस्तुत गर्दा कुनै ठाउँमा पंक्तिबद्ध या लाम लाग्दा या चौकमा सवारी साधन आफ्नो पालो पर्खदा या अर्काको घरमा जाँदा मानिस चौर या घाँसे मैदानमा कुल्चेर नहिड्ने आदी इत्यादी चलन अद्वितीय छ ।अमेरिकामा कुनै स्थान या कुनै कार्यक्रममा जाँदा लामबद्ध हुँदा केही दुरीमा बस्ने चलन हुन्छ ।

पालो मिचेर अर्काको ठाउँमा जान पाइदैन। र शरीर छुए झैँ गरि बस्न पाइदैन । कम्तिमा पनि एक हात ( एक फिट ) को दुरीमा बस्ने चलन छ । नेपालमा जस्तो कुनै पनि चौकमा सवारी साधन रोके पछि जस्को शक्ति उसको भक्ति भने झैँ जबर्जस्ती पालो मिचेर आफू पहिला अगाडी बढ्न पाइदैन ।

अमेरिकामा सवारी साधन आवत जावत गर्ने चौकमा सवारी साधन रोक्ने संकेत ( स्टप साइन ) राखिएको हुन्छ । अर्थात् चारै तिर सवारी साधन छ र को पहिला आएको हो भनि आफ्नो नजर ध्यानले हेर्नु पर्छ । अर्थात् सभ्य भएर र धैर्यताको साथ आफ्नो पालो आए पछि अगाडी बढ्नु पर्ने नियम हुन्छ । एक प्रकारको समझदारी जस्तै हुन्छ ।

आफू तु अगाडी बढ्न पाइदैन चाहे त्यो भटभटे( मोटर साईकल ) होस् या कुनै हल्का सवारी साधन । अमेरिकामा अर्काको घर जाँदा घासे मैदान भएर छोटो बाटो भएर जाँदा केही फरक पर्दैन भनेर जान पाइदैन । अर्थात् आफ्नै घरको चौर छ भने पनि पेटी भएर जाने चलन छ । मैदानमा टेक्दै हिड्ने चलन बिल्कुलै हुदैन ।

अमेरिकामा अर्को शिष्टचार भनेको अर्काको घरमा गएर घन्टी नेपाल जस्तो धेरै बजाउन पाइदैन । अमेरिकामा हामी पनि कसैको घरमा गयौ घन्टी एक पटक बिस्तारै बजाउनु पर्छ । त्यस पछि एक छिन् कुर्ने । जरुरी छ भने फेरी अर्को पटक बजाउने ।त्यसमा पनि घरपेटी निस्केन र केही उत्तर दिएन भने तेश्रो पटक घन्टी दिने चलन दुर्लभ हुन्छ । त्यस पछि आफू फर्कनु पर्छ ।

एक पटक घन्टी दिए पछि पुग्ने हुन्छ । कसैले समान ल्याएको छ भने पनि एक घन्टी दिए पछि उनीहरु जान्छन । फेरी पटक पटक घन्टी दिने चलन नै हुदैन । हामी पनि नेपाली कै घरमा गयौ भने पनि एक या दुई पटक या अन्तिम ३ पटक गरौ भनेर मनले जितेको या साथी छ भने घन्टी दिने गर्छौ ।बारम्बार घन्टी दिएमा अचेल सबैको घरमा चित्रग्राहिणी(क्यामेरा) जडान भएको हुन्छ ।

सबै कुरा घरको कुनै पनि कोठा बाट ढोकामा उभिने मानिस देखिने हुनाले शंका स्पद लागेमा प्रहरीलाई खबर गर्ने चलन पनि हुन्छ ।तसर्थ माथि उल्लेख गरिएका कुराहरु हामीले सिक्न सके बिशेष गरि नवआगन्तुक र अमेरिका आउन ईच्छा गर्नेलाई फाइदा हुने छ ।

हामी कसैको घरमा गयौ भने नजिकबाट जाउ या छोटो बाटो अपनाउ भनेर घासे मैदानबाट जानु हुदैन । साथै अर्कालाई भेट्न गएको छ भने एक या दुई घन्टी दिए पछि बाहिर कोही आए भने ठिक नत्र दर्जनौ पटक घन्टी दिनु हुदैन । बरु खुरुक्क घर फर्कनु नै बेश ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment