Latest
img

द भ्वाइसकी प्रतियोगिलाई जब क्यामेरा खुला छ भन्ने ख्याल भएन, मागिन् माफी

काठमाडौं । चर्चित गायन रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ बाट उषा गजुरेल बाहिरिएकी छन् ।ब्याटल राउन्डबाट बाहिरिएकी गजुरेल पछिल्लो समय फरक कारणले चर्चामा आएकी हुन् । बाहिरिने क्रममा परिवारसँग बोलेका शब्दले गर्दा उनी थप चर्चित भइन् ।

उषाले कोच प्रविसा अधिकारीबाट दिप्रश ब्रर्दससँग प्रतिस्पर्धा गरेकी थिइन । उनीहरुले ‘घर कताहो बैनीको’ बोलको गीत गाएका थिए । सो गीत गाइसकेपछि कोच प्रविसाले दिप्रश ब्रर्दसलाई आगामी अडिसनका लागि छानेकी थिइन् ।अन्य ३ कोचहरुसँग आफनो टिममा ल्याउने अधिकार सकिएका कारण कसैले पनि उषालाई छानेनन् ।

यसबीच उनी बाहिर आफ्नो परिवारलाई भेट्ने क्रममा आफूले राम्रो गाएको बताउँछिन् ।उनले भनिन्, ‘मैले बिगारेर, नजानेर गाएको भए छुट्टै हुन्थ्यो, यहाँबाट हुने वाला केही छैन, मलाइ केही पनि चिन्ता छैन् । किनभने मैले राम्रो गाउँदा गाउँदै पनि छान्नु भएन,

यस्तै हुन्छ नेपालमा त्यसकारण क्षमतावान प्रतियोगिहरु पछि परेका हुन्, मैले गरेर देखाउनेछु ।’उक्त बयानलाई लिएर आलोचना हुन थालेपछि उनले माफी मागेकी छिन् । उनले भनेकी छिन्, ‘मलाई रेकर्ड हुन्छ जस्तो लागेको थिएन, कतै क्यामेरा पनि देखिन् र पीडाले गर्दा बोलेको हो ।’

उषा डिजिटल, ब्लाइन्ड राउन्ड हुँदै ब्याटल राउन्डसम्म पुगेकी थिइन् । केही साता अगाडि उनले जस्तै रेकर्ड भएको थाहा नपाएपछि ‘सरु राई’ पनि भाइरल भएकी थिइन । उनले बाहिर निस्कने क्रम्मा ‘गयो मुला’ अपशब्द बोलेर विवादमा आएकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment