पोखरा फोटोग्राफर संघ पोखरा नेपालको द्धारा १८३ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफी अवार्डको तयारी तिव्र रुपमा अगाडि बढेको छ ।
हरेक २/२ बर्षको अन्तरालमा बिश्व फोटोग्राफी दिवसको अवसर पारेर गरिने पोखरा फोटोग्राफी अवार्डमा बिभिन्न ८ बिधामा गण्डकी प्रदेश भित्रका फोटोग्राफी ब्यवसाय गर्ने फोटोग्राफर तथा पत्रकारहरु सहभागि हुन पाउने, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी ले जानकारी दिए ।
अवार्ड आयोजक कमिटि संयोजक समेत रहेका अध्यक्ष ितवारीले यसपटको फोटोग्राफी अवार्ड तेस्रो संस्करण रहेको बताए । अवार्डको लागि फोटो दर्ताको समय साउन २५ सम्म राखिएकोमा उल्लेखनीय सहभागिता आउने क्रम जारी रहेकोले समितिको निर्णयबाट २८ गते बेलुका सम्म फोटो दर्ता गर्ने समय थपिएको संघका कार्य समिति सदस्य तथा फोटो संकलन समिति संयोजक देवानन्द पोख्रेलले बताए ।
फोटो दर्ताको लागि थप गरिएको समय समेत आज राती १२ बजेवाट सकिदै छ । बिभिन्न बिधामा हुन लागेको फोटोग्राफी अवार्डको फोटो दर्ता गर्न यहाँ क्लीक गर्नुहोस्
Leave A Comment