अन्धविश्वासको प्रभावबाट शिक्षित मानिस पनि अछूत छैनन्। भारतको मुम्बईमा एक महिलाले आफ्ना व्यवसायी पतिलाई आफ्नो नियन्त्रणमा लिन ज्योतिषीलाई ५९ लाख भारु अर्थात् ९४ लाख ४० हजार नेपाली रुपैयाँ बुझाएकी छन्। टाइम्स अफ इन्डियाका अनुसार यो घटना मुम्बईको पवईको हो।
एक व्यवसायीले आफ्नी पत्नीका पूर्वप्रेमी र ज्योतिषीविरुद्ध धोकाधडी र बेइमानी गरेर पैसा लिएको आरोपमा मुद्दा दायर गरेका थिए। उनका अनुसार ज्योतिषी र महिलाका पूर्व प्रेमीले मिलेर महिलालाई ‘काला जादू’को नाममा पतिलाई उनको वशमा राखिदिने आश्वासन दिएर २४ लाख भारु नगद र ३५ लाख भारु पर्ने सुन लिएका थिए।
पवई प्रहरीका अनुसार शनिबार बादल शर्मा नाम गरेका ज्योतिषी र महिलाका पूर्वप्रेमी परेश गडाविरुद्ध धोकाधडी तथा विश्वासघातको माध्यमबाट पैसा लिएको आरोपमा मुद्दा दायर भएको छ। व्यवसायीले आफ्ना कर्मचारीहरुलाई बोनसको रुपमा दिन लागेको पैसा पत्नीले ज्योतिषीलाई दिएकी थिइन्।
प्रहरीका अनुसार महिलाले इन्स्टाग्रामको एक विज्ञापनबाट ज्योतिषीलाई सम्पर्क गरेकी थिइन्। महिलाका अनुसार पतिले आफ्ना दाजुभाइ र परिवारका अन्य सदस्यको कुरा मात्र सुन्ने भएकाले उनलाई आफ्नो वशमा ल्याउन ज्योतिषीलाई पैसा दिएको उल्लेख गरेकी छन्। प्रहरीले यो घटनाको सम्बन्धमा एकजनालाई पक्राउ गरिएको र यसबारे अनुसन्धान पनि भइरहेको बताएको छ।
यो पनि – बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो ।तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् ।
आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् ।आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ थियो, जुन बक्स अफिसमा असफल रह्यो । चार वर्षपछि आमिर यही फिल्ममार्फत कमब्याक भएका थिए ।
ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो । बहिष्कारको यो आगोमा लाल सिंह चड्ढा असफल बन्यो । फिल्मले लगानी पनि उठाउन सकेन ।आमिरले भने, ‘जब म अभिनय गर्छु, फिल्ममा यति मग्न हुन्छु कि मेरो जीवनमा अरु केही हुँदैन ।
लाल सिंह चड्ढापछि म च्याम्पियन्सको रिमेक गर्न चाहन्थें । यो एक गज्जबको स्क्रिप्ट हो । यो सुन्दर कथा हो । यो मन छुने फिल्म हो । तर मलाई लाग्छ, म ब्रेक लिन चाहन्छु । म मेरो परिवारसँग बस्न चाहन्छु । म मेरी आमा र मेरो बच्चाहरुसँग हुन चाहन्छु ।’आमिर अगाडि भन्छन्, ‘मलाई लाग्छ म ३५ वर्षदेखि काम गरिरहेको छु ।
मैले आफ्नो काममा मात्र ध्यान दिएको छु । म यो समयलाई फरक तरिकाले जीवन अनुभवका लागि निकाल्ने योजना गर्छु । म जीवनको एक चरणमा छु जहाँ म मेरो सम्बन्धको आनन्द लिन चाहन्छु ।’आमिर खानभन्दा पहिला शाहरुख खानले पनि सन् २०१८ मा ‘जिरो’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिएका थिए ।
Leave A Comment