जापान ।को’ भिड महामारीको आठौं लहर सुरुहुने क्रममा राजधानी टोकियोमा दैनिक १० हजार संक्रमित नाघेकै दिन जापानमा मंगलबार एक लाख नयाँ को’ रोनाका बिरामी पुष्टि भएका छन् ।जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा मंगलबार एकै दिन १ लाख भन्दा धेरै को’ भिडका बिरामी थपिएका छन् ।
देशभरमा नोभेम्वर १५ तारिख १ लाख २ हजार ८२९ जनामा संक्रमण पूष्टि भएको छ । दैनिक संक्रमण १ लाख नाघेको यो सेप्टेम्बर १४ यता पहिलो पटक हो । मंगलबारको संक्रमित संख्या अघिल्लो दिनको भन्दा ६५ हजार २७४ धेरै हो ।देशभरमा को’ भिडका गम्भीर बिरामी पनि ह्वात्तै बढेका छन् ।
सोमबारको तुलनामा मंगलबार आईसीयू भेन्टिलेटर वा ईसीएमओ मुटु फोक्सो यन्त्रमै राखेर उपचार गराउनु पर्ने बिरामी २२ ले बढेर २५७ मा उक्लिएका छन् । को’ भिडका कारण जापानभर मंगलबार ८८ जनाको मृ’ त्यु भएको छ ।राजधानी टोकियोमा उक्त दिन ११ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सोमबारको भन्दा ७ हजार १७१ धेरै भएको बताइएको छ । टोकियोमा सेप्टेम्बर १४ यता पहिलो पटक दैनिक संक्रमण १० हजार माथि पुगेको छ ।टोकियो महानगर सरकारले तोकेको मापदन्ड अनुसारका गम्भीर बिरामी २६ जना छन् । यो पनि अघिल्लो दिनको भन्दा ५ धेरै हो । को’ भिडका कारण मर्नेको संख्या टोकियोमा ७ रहेको छ ।
यो पनि -उच्च शिक्षा अध्ययनको लागि जापान आएको दुई महिनामै आफ्नो ज्यान आफैंले लिएका प्रबिण नेपालको जापानमै अन्तिम दाह संस्कार गरिने भएको छ ।नेपाल नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका घर भइ टोकियोको सुमिदा कुमा आफु बस्दै आएको कोठामा प्रबिण मृ’त भेटिएका थिए ।
नुवाकोट समाज जापानले प्रविणको दाहसंस्कारको लागि समन्वय गरिरहेको जानकारी दिएको छ । परिवार सँग सल्लाह गरेर जापानमा नै अ’ न्त्यस्टी गरिने भएको समाजका अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।यहि हप्ताको शुक्रबार नोभेम्वर १८ तारिखमा तोकियो तो काचुसिका कु सिरातोरीमा प्रविणको दाहसंस्कार गरिने तय भएको वाकोट समाजले जानेको छ ।
प्रविणको दा’ हसंस्कार लगायत अन्तिम कर्मको लागि आर्थिक सहयोग समेत संकलन गरिरहेकाले सहयोग गर्न चाहनुहुने व्यक्तिहरुले नुवाकोट समाज जापानको तल उल्लेखित खातामा सक्दो सहयोग गर्न सक्नुहुने नुवाकोट समाजले जनाएको छ ।प्राप्त रकम तथा दाहसंस्कार लगायतको विस्तृत विवरण समाजले दाहसंस्कार सम्पन्न पश्चात सार्वजनिक गर्ने बताएको छ ।
यो पनि गैर आवासिय नेपाली संघ जापानले पोखरामा वडा शिक्षा समिति हेमजालाई विद्यार्थी प्रोत्साहनार्थ कोष स्थापना गर्न ३ लाख ४० हजार नेपाली रुपैयाँ सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. २५ शिक्षा समितिको आयोजनामा शुक्रबार कोष हस्तान्तरण कार्यक्रम पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै आगामी दिनमा पनि एनआरएनए जापान र व्यक्तिगत तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
बिदेशमा रहेर पनि देशको भौतिक लगायत अन्य बिकासको लागी अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपरिका पदमार्ग लगायत अन्य देशबिकासका लागी आइसीसीका कार्यकारी अध्यक्ष रबीना थापासंग पहल गरी बैंकमा फ्रिज भएको रकमलाई देशबिकासमा लगाउन पहल गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
आइसिसिका सल्लाहकार मुकुन्द बाँस्तोलाले हेमजा बिकासमा सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा शिक्षा समिति सदस्य सुवास भण्डारी, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल र गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर लगायतले पनि आफ्नो धारणा राख्नुभयो ।
जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि वडा शिक्षा समिति र एनआरएनए जापानको संयुक्त पहलमा अक्षयकोष स्थापना गरिएको हो । उक्त अवसरमा ३ लाख ४० हजारको कोष हस्तान्तरण गरिएको छ । कोषलाई आगामी २ बर्षमा २० लाख पुर्याउने लक्ष्य रहेको हुदा सहयोगी मनलाई सहयोग गर्न वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले आग्रह गर्नुभयो ।
Leave A Comment