Latest
img

यो थोत्रो चप्पलको मूल्य ३ करोड

एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सले क्यालिफोर्नियास्थित घरमा लगाएको चप्पल २ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा लिलामबिक्री भएको छ । जुलिएन्स अक्सन्स नामक लिलामबिक्री कम्पनीका अनुसार, जब्सले सन् १९७० को दशकमा लगाएको चप्पलका लागि अहिलेसम्मकै सबभन्दा बढी रकम तिरिएको छ ।

त्यो चपपल थोत्रो भइसकेको छ । ‘जुटबाट बनेको चप्पल स्टिभ जब्सको पाइतालाको निशान देखिन्छ किनकि उनले वर्षौंसम्म त्यही चप्पल लगाएका थिए,’ अक्सन हाउसले आफ्नो वेबसाइटमा लेख्यो । त्यति धेरै रकम हालेर चप्पल कसले किनेको हो भनी अक्सन हाउसले खुलाएन ।

जब्स र स्टिभ वोज्नियाकले सन् १९७६ मा एप्पल स्थापना गरेका थिए । क्यालिफोर्नियाको लस एल्टोसमा रहेको जब्सका मातापिताको घरमा उक्त कम्पनी खोलिएको थियो । सन् २०१३ मा लस एल्टोस हिस्टोरिकल कमिसनले त्यस घरलाई ऐतिहासिक स्थल घोषणा गरेको थियो ।

यो पनि – कपडाको बारेमा महिला र पुरुषको मान्यतालाई तोड्दै दुई युवाको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।यो भिडियो अमेरिकाको शिकागोको हो, जसमा दुई केटा सारी तथा टिका लगाएर हातमा हात मिलाएर हिँडिरहेको देखिन्छ ।

दुवैले साथीको विवाहको तयारीमा गएका थिए ।शिकागोमा बस्ने एक भारतीय जोडीको बिहे हुँदै थियो । यस विवाहमा, अमेरिकी साथी बेहुलाको सबैभन्दा नजिकको साथी पनि सहभागी भए । दुलहा र दुलही दुबै भारतीय हुन्, त्यसैले अमेरिकी साथीहरूले उनीहरूको विवाहको लागि विशिष्ट भारतीय पोशाकहरू लगाउने निर्णय गरे।

दुवैले ड्रेस डिजाइनरको सहयोगमा सारी लगाएका थिए । यति मात्र होइन, उनले टिका पनि लगाए ।यो अनौठो पहिरन लगाएर विवाहमा दुवै साथी पुग्दा दुलहा र दुलहीले हाँसो रोक्न सकेनन् । बेहुली लजाइन् तर दुलहाले हाँस्दै दुवैलाई अँगालो हालेर उनीहरूको साहसको प्रशंसा गरे ।

शिकागोको विवाहको भिडियोग्राफर प्यारागनफिल्म्सले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो भिडियो सेयर गरेका छन् ।उक्त भिडियोको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।सोसल मिडियामा दुवै युवाको यो फेसनको निकै चर्चा भइरहेको छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोलाई अहिलेसम्म हजारौं लाइक र लाखौं भ्युज प्राप्त भइसकेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment