काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।लामिछानेबिरुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।
रविबिरुद्धको उजुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ ।आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उजुरी परेको छ ।एक उजुरीम लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ ।
अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।यता यता पूर्व सञ्चारकर्मी एवं राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध अनेक फण्डा गर्नका लागि एक जत्था चितवनमा डेरा जमाएर बसेको बताएका छन्। आफूविरुद्ध नागरिकताका विषयमा परेको उजुरीबारे प्रष्ट पार्न सामाजिक सञ्जाल फेसबूक लाइभ गर्दै
लामिछानेले हरेक दिन कुनै न कुनै फण्डा गर्नका लागि एक जत्था चितवनमा बसेको बताएका छन्। उनले आफूलाई फिजिकल र डिजिटल रुपमा आक्रमण भइराखेको बताएका छन्। नागरिकताका विषयमा भने उनले चार वर्षअघि नै सल्टाइसकेको बताउँदै उनले अहिले अनेक खालको प्रपञ्च भइरहेको बताए।
‘यी सबै फण्डाको उत्तर दिने समय मंसिर ४ गते हो’, उनले भने। साथै उनले निर्वाचन आयोगमा परेको उजुरीबाट कतै विचलित नहुन आग्रह गरेका छन्। चितवन–२ मा लामिछानेसँगै एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा छन्।
Leave A Comment