Latest
img

काठमाडौं उपत्कामा निर्वाचनको दिन आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन काठमाडौं उपत्कामा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म आन्तरिक सवारी आवगमन बन्द हुने भएको छ ।बुधबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

तर, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने हिँड्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

यो पनि – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैको कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न आह्वान गरेका छन् ।उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै यस्तो बताएका हुन् ।प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।

उनले भने– ‘मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने त्यो मतपत्र मतपेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्रपत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले

त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको ब्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ ।’उनले यी सबै कुरा कानुनद्वारा बर्जित रहेको समेत बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमा समेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment