काठमाडौं– विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ। सर्वोच्चले बुधबार उक्त आदेश खारेज गरेको हो। अन्तरिम आदेश खारेज भएसँगै विश्वकप हेर्नलाई शुल्क तिर्नुपर्ने भएको छ।
नेपालमा विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर लिएर विश्वकप फुटबल प्रसारण गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले बुधबार शुल्क लिएर विश्वकप फुटबल प्रसारण गर्न पाउने फैसला सुनाएको हो ।
अधिवक्ता किशोर पौडेलसहितका अधिवक्ताहरू अतिरिक्त शुल्क लिएर लिएर विश्वकप प्रसारण रोक्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा मुद्दा हालेका थिए ।न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाई भएको थियो ।
मिडिया हबले प्रति सेटअप बक्स करबाहेक ५ सय रुपैयाँ अतिरिक्त शल्क लिएर विश्वकप फुटबल खेल प्रसारणको गर्न लागेको छ । त्यसका लागि मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।
त्यस्तै निर्वाचन आयोगले सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ। आयोगले बुधबार मेहताको उम्मेदवारी खारेज गरेको हो। बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले मेहताले उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जनाएको छ।
यो पनि -मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन काठमाडौं उपत्कामा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म आन्तरिक सवारी आवगमन बन्द हुने भएको छ ।बुधबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
तर, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने हिँड्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
यो पनि – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैको कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न आह्वान गरेका छन् ।उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै यस्तो बताएका हुन् ।प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।
उनले भने– ‘मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने त्यो मतपत्र मतपेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्रपत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले
त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको ब्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ ।’उनले यी सबै कुरा कानुनद्वारा बर्जित रहेको समेत बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमा समेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए ।
Leave A Comment