Latest
img

९० जना म्यादी प्रहरी कारबाहीमा

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

“आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक-पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।”
प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।

यो पनि – राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।

एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् । त्यस्तै, भुसाल माक्र्सवादी अध्येता हुन् । यसरी विगतमा एउटै पार्टी र विचार बोकेको पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।विसं २०३७ मा तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक सङ्घीय संसद्का लागि भुसालसँग निर्वाचन लड्दै छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका नेताको प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ”, स्थानीय अगुवा तिलोत्तमा–११ का वेद गिरीले भने ।विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुवै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिँदै गएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लागेका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए ।विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरुद्धको आन्दोलनमा लामो समय नेतृत्व गरेका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक हुन् ।

विस २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बनेका विश्वकर्मा एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment