Latest
img

मैले जस्तो सम्पत्ति प्रचण्ड, देउवा र नेपालले राज्यलाई बुझाउन सक्छन् ? – ओली

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै सम्पत्ति राज्यको नाममा गरेको जिकिर गरेका छन् ।

शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो नामको सबै सम्पत्ति राज्यको नाममा गरिदिएको बताउदै

आफुले जस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?  भन्दै प्रश्न तेर्साएका छन् ।

उनले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाए । एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरू गठबन्धनमा पुगेको उनले बताए ।

अध्यक्ष ओलीले देशको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव रहेको भनेर जनता विश्वस्त भएको बताएका छन् ।

उनले अहिलेको पाँच दलीय गठबन्धन एमालेलाई बहुमत ल्याउनबाट रोक्नको लागि मात्रै बनेको भनेर टिप्पणी गरे ।

उनले देशको विकासको लागि एमालेलाई सरकारको नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालमा जातीय राज्य भनेर लडाई गर्न खोजिएको थियो भन्ने पनि टिप्पणी गरे ।

उनले जातजातबीच एकता हुन नदिनको लागि यस्तो भावना जगाईएको आरोप लगाए ।

आज (शनिबार) काठमाडौंमा नेपाल लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment