महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।
थोरै खादा पनि धेरै फाइदा पुर्याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ ।
यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ । यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।
त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ । काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ।
यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ । काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।
काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ । काजुको तेलले दुवीको सेतो दाग कम गर्छ । काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।
काजुमा कुन तत्व कति पाइन्छ ? युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम,
१.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।
Leave A Comment