केही समय अधी एमाले परीत्याग गरी ४ मंसिरमा हुने निर्वाचनका लागी रुपन्देही क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) करण गरेको बताएका छन ।
त्रिभुज चिन्ह लिएर चुनावी मैदानमा रहेका भुसालले भने– ‘नेकपा एमाले हिजो जुन व्यवस्था विरुद्ध लड्यो, उही व्यवस्था चाहिन्छ भन्ने राप्रपा जस्तो पार्टीसँग चुनावी एकता गरेर ओलीले पार्टीलाई राप्रपाकरण गरे ।’रुपन्देहीको देवदह नगरपालिकाका विभिन्न वडाहरूमा बुधबार घरदैलो क्रममा उनले यस्तो बताएका हुन ।
नेता भुसालले भने– ‘एमालेबाट राप्रपाका मान्छेले टिकट पाउने अवस्था आयो, हामीले जिन्दगीभर बनाएको पार्टीबाट राप्रपाहरुले टिकट पाउनु यहाँभन्दा लज्जास्पद के हुन सक्ला आफूले टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने भनिएपछि आफूले त्यसो नगरेको उनले बताए ।
भुसालले भने– ‘दशकौं मेहनत गरेर हामी आफैले बनाएको पार्टीको टिकट पाउन ओलीसँग माफी माग्नुपर्ने अवस्था आएपछि मैले त्यसो गर्न सकिन ।’ओलीको चाकडी गरेको भए आफू मन्त्री पनि भइरहने उनको भनाई रहेको थियो । उनले ओलीले संसद र संविधानमाथि प्रहार गर्दा
त्यसको रक्षा गरेकै कारण आफूलाई ओलीले अपमान गरेको भुसालले उल्लेख गरे ।संविधानको रक्षाको लागि आफू पार्टीभित्र निरन्तर लडेको बताउँदै नेता भुसालले भने– ‘म जनताको बर्खिलाप गर्ने गरी कुनैपनि प्रलोभनमा परिन र टिकटको लागि माफी मागेर सांसद हुन पनि चाहिन ।’
राप्रपाले लिएको राजनीतिक कार्यदिशा अंगालेको एमाले पश्चगमनतर्फ धकेलिएको उनको ठहर छ । यसर्थ एमालेभित्र रहेका इमानदार कम्युनिष्ट नेता कार्यकर्ताले राप्रपाको हलो चिन्हमा मतदान नगर्ने उनले दाबी गरेका छन ।
Leave A Comment