रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो,
खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन् ।
निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ ।उता गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन्।
गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका हुन्। उनले निर्वाचनका क्रममा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताए।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाँणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरू प्रस्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रशारण गरेका तथ्यांकहरू नै प्रस्तुत गरेको बताए।
उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले विपक्षी दलहरूले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दावीसमेत गरे।
उनले भने, ‘चुनाव निष्पक्षतासँग सम्पन्न गर्नलाई नै सबै शक्ति राज्यले लगाएको छ। पुरानो अनुभवको आधारशीलालाई लिएर यो निर्वाचनलाई एकैपटक सञ्चालन गर्नसक्छौँ। कुनै घटना भए तत्काल नेपाली सेनाको हेलिकप्टहरू प्रयोग गर्न सकिन्छ। थप जनशक्ति लैजान नेपाली सेनाको जहाज, हेली राखेका छौँ।
हामीले जनमत सर्वेका तथ्यांकहरू विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्छ। कांग्रेस लगायतको गठबन्धनको सरकार बन्छ। विपक्षी दलहरूले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरूले सोचेको भन्दा धेरै कम मात्र नतिजा आउँछ। विभिन्न सञ्चारमाध्यमहरूले आफ्नो आँकलन गरिरहनुभएको छ, त्यो कतिपय सही पनि छन्।
किनभने सत्ता गठबन्धनको तथ्यांक स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ।’गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनै पनि राजनीतिक दल र उम्मेदवारहरूलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताए।
Leave A Comment