डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सुनिश्चित भएको दाबी गरेका छन् ।चुनावको मौन अबधी सुरु हनु भन्दा अगाडि बिहीबार साझ सामाजिक संजालमा भिडियो पोष्ट गर्दै जित सुनिश्चित भएको दाबी गरेका हुन्।
उनले आज रातीबाट मतदानको दिनसम्म तीन दिन निराहार व्रत बस्ने बताएका छन् । मतदाताको नाममा निराहार व्रत बसेर आफू उर्जा थपिने बताएका छन् ।‘आज, भोलि र चुनाबको दिन तीन दिन निराहार कुनै पनि खाना, फलफूल नखाई हजुरहरुको नाममा व्रत बस्छु, ममा पनि केही उर्जा थपिन्छ।’
कसैलाई हराउन भन्दापनी देश र जनतालाई जिताउन डडेल्धुरा आएको र जितपछी डडेल्धुरा हुँदै महेन्द्रनगरबाट सुरु गर्दै गोर्खामा गोरखनाथलाई ढोग्ने र त्यसपछि सप्तरीमा जाने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल अहिले देउवासँगै चुनावी प्रतिस्पर्धामा छन् ।
यो पनि – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गर्नुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उहाँले उहाँले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गर्नुभयो ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम मतदातालाई कुनै प्रलोभनमा नपरी निर्धक्कसँग जनप्रतिनिधि छान्न अनुरोध गर्नुभयो । देशमा नातावाद र कृपावादलाई अन्त्य गर्नेलाई छान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “देशमा नातावाद, कृपावादलाई अन्त्य गर्न हामी आएका हौँ ।”
आम मानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको भन्दै उहाँले यो बेथिति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “राणा शासनबाट बहुदलीय गणतन्त्रीय व्यवस्थासम्म आइपुग्दा एउटा कुराको समानता छ, क्षमता र दक्षताका आधारमा नभई सधैँ शक्ति केन्द्रमा रहेकासँगको सम्बन्धका आधारमा सामान्य कामदेखि ठूला नियुक्तिसम्म हुने गरेका छन् ।”
यही शक्तिका कारण आममानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको उहाँको भनाइ छ ।पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको उहाँको भनाइ छ । राजनीतिक सिन्डिकेटका कारण जान्नेले अवसर नपाएको उहाँको भनाइ छ ।
राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावान्ले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने अध्यक्ष लामिछानेले बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टी आमजनताको पार्टीका रूपमा निर्वाचनमा आएको उल्लेख गर्दै उहाँले हरेक काममा नयाँ सोच र नयाँ जाँगरका लागि स्वागत गर्ने बताउनुभयो ।
दुई सय ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एशिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई नछाड्ने, २४ घण्टा हटलाइनमा नागरिकका गुनासा सुनुवाई गरिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने, शिक्षा प्रणालीमा सुधार गरिने घोषणापत्रमा उल्लेख छ ।मजदुर, किसानका लागि विशेष परिचयपत्र, किसान र मजदुरको गुनासो सुन्न विशेष डेस्क,
साना व्यापारीसँग हातेमालो, तनावमुक्त सरकारी कार्यालय, स्वरोजगार, साना व्यापारी आदिको हकहितको सुरक्षा तथा सम्मान, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, ‘फास्ट ट्र्याक’ कोर्ट, सीमासुरक्षा र छोरी जन्मे घरमा उत्सवजस्ता कार्यक्रम पार्टीले अघि सारेको छ ।
Leave A Comment