झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्नो पार्टीले समर्थन गरेका उम्मेदवार हराउने अभियानमा लागेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जित सुनिश्चित पार्न झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो ।
अध्यक्ष ओलीको उक्त निर्णयविरुद्ध सुरुदेखि नै बोल्दै आएका प्रसाईं अन्तिम समय आइपुग्दा लिङ्देनलाई हराउन खुलेर मैदान उत्रेका छन् । लिङ्देनलाई हराउन मैदान उत्रेका गुर्दा गठबन्धनका उम्मेदवारलाई जिताउन भोट मागिरहेका छन् ।झापा–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् ।
प्रसाईं पछिल्ला दिनहरूमा जनताको घरदैदो पुगेर सिटौलाको पक्षमा भोट मागिरहेका छन् ।बुधबार मात्र सिटौला र प्रसाईंबीच भेट भएको थियो । उक्त भेटमा प्रसाईं र सिटौलाले हात जोडेर एकतावद्ध भएको सन्देश दिनेगरी फोटो खिचाएर सार्वजनिक गरिएको थियो ।
झापाको बिर्तामोडमा बी एण्ड सी अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंको झापा–३ क्षेत्रमा राम्रै प्रभाव रहेको मानिन्छ ।एमालेको समेत समर्थनमा चुनावी मैदानमा रहेका लिङ्देन बलियो प्रतिस्पर्धीका कारण त्यसै पनि कमजोर रहेको विश्लेषण हुने गरेको बेला एमालेका धेरै नेता कार्यकर्ता लिङ्देनलाई भोट नहाल्ने अवस्थामा पुगेका छन् ।
यो पनि – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सुनिश्चित भएको दाबी गरेका छन् ।चुनावको मौन अबधी सुरु हनु भन्दा अगाडि बिहीबार साझ सामाजिक संजालमा भिडियो पोष्ट गर्दै जित सुनिश्चित भएको दाबी गरेका हुन्।
उनले आज रातीबाट मतदानको दिनसम्म तीन दिन निराहार व्रत बस्ने बताएका छन् । मतदाताको नाममा निराहार व्रत बसेर आफू उर्जा थपिने बताएका छन् ।‘आज, भोलि र चुनाबको दिन तीन दिन निराहार कुनै पनि खाना, फलफूल नखाई हजुरहरुको नाममा व्रत बस्छु, ममा पनि केही उर्जा थपिन्छ।’
कसैलाई हराउन भन्दापनी देश र जनतालाई जिताउन डडेल्धुरा आएको र जितपछी डडेल्धुरा हुँदै महेन्द्रनगरबाट सुरु गर्दै गोर्खामा गोरखनाथलाई ढोग्ने र त्यसपछि सप्तरीमा जाने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल अहिले देउवासँगै चुनावी प्रतिस्पर्धामा छन् ।
Leave A Comment