Latest
img

मलाई कांग्रेसको बिछट्टै माया लाग्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका दलहरूसँग एक्लै चुनाव लड्ने आँटै नभएको टिप्पणी गरेका छन् । गठबन्धनले देशमा स्वस्थ प्रतिस्पर्धाको साटो दुस्मनी र झगडातर्फ लैजान खोजेको उनले आरोप लगाए ।

लोकतान्त्रिक शेर्पा संघको अधिवेशनमा सम्बोधन गर्दै ओली खासगरी सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसमाथि खनिएका थिए । उनले कांग्रेसलाई ‘लौरो टेकेर पनि अडिन नसक्ने भएको’ भन्दै कटाक्ष गरे ।

ओलीले भने, ‘बिचरा कांग्रेस माया लाग्छ । यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन । खुट्टै टेक्न नसक्ने भयो । कहिले प्रचण्ड खोज्या छ, कहिलेको खोज्या छ । के भएको रु एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने ।’

कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा धकेलिरहेको ओलीले बताए । यो प्रवृत्तिले देश अप्ठेरोमा पर्न सक्ने उनको चेतावनी थियो ।

‘देशभित्रका जनताको परस्परमा दुस्मनी भयो भने त्यसले विकृत रुप लिन्छ । अर्काले फाइदा लिन्छ । कांग्रेस आफ्नै बुद्धिले हो वा अरूको उक्साहटमा हो, देशलाई त्यही दिशामा लगिरहेको छ,’ उनले भने ।

कांग्रेससँग कुनै सोच विचार नै नरहेको ओलीले आरोप लगाए ।

उनले थपे, ‘कांग्रेसको कार्यक्रम हेर्नुभयो भने केही पनि आउँदैन । बहुदल आएपछि २१ वर्ष सरकारको नेतृत्व गर्‍यो । २१ वर्ष नेतृत्व गर्दा यो काम गरेँ भनेर देखाइदियोस्, एउटा पनि छैन । कम्युनिस्टले बुढाबुढी मार्छ भनेर हल्ला चलायो । ६० वर्षभन्दा बढी भएपछि गोली हालेर मार्छन् भन्यो । तर म ७१ वर्षको मान्छे अध्यक्ष छु ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment