Latest
img

पिचमाथि पिच गरेर झन् चिटिक्क पारिँदैछन् काठमाडौंका सडकहरु

काठमाडौं । सबैभन्दा बढी जनघनत्व भएको र सवारी साधन पनि बढी गुड्ने शहर हो काठमाडौं । काठमाडौंमा लाखौं मासिनहरु बस्छन् । ती मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सवारी साधनहरु गुडाउँछन् । हजारौं सार्वजनिक सवारी साधनहरु छन् ।

तर, ती हजारौं सवारी साधन गुड्ने सडकको अवस्था ! धुलोधुवाँ र खाल्डाखुल्डीहरुले भरिएको काठमाडौंका सडकहरु पछिल्लो समय भने चिटिक्क देखिन थालेका छन् ।काठमाडौंभित्र पनि अधिकांश सडकहरु पिच भएका छैनन् । चाबहिल–साँखु, कलंकी–थानकोट र लगनखेल–सातदोबाटो लगायतका सडकहरुमा वर्षेनी समस्या आउँछ ।

ती सडकहरु न पिच हुन्छन् नत पिचपछि परेका खाल्डाखुल्डीहरु पुरिन्छन् नै । तर, अहिले काठमाडौं भित्रका अधिकांश सडकहरुमा पिचमाथि पिच गरिँदैछ । निकै व्यस्त रहने सडकहरु यतिखेर कालोपत्रे भइरहेका छन् ।सडक डिभिजन कार्यायले अहिले काठमाडौका विभिन्न स्थानका सडकको सौन्दर्यिकरणको काम गरिरहेको छ ।

अहिले चुनावको बेला सवारी साधनको आवतजावत कम हुने भन्दै सडक डिभिजन कार्यालयले पिच भएका सडकमा परेका खाल्डाखुल्डी पुरेर पुनः पिच गर्ने काम तीव्रताका साथ गरिरहेको छ ।गत आर्थिक वर्षमा २०७८/०७९ सालमा निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि चालू आर्थिक वर्ष २०७८/०७९ बाट सडक मर्मत सम्भार गर्ने कार्यलाई तीव्र रूपमा अघि कार्यालयले बताएको छ ।

काठमाडौं भित्रका शाखा सडकको खाल्डाखुल्डी पुर्ने र सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी गर्ने कार्य गरिएको डिभिजन कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए ।सडक मर्मत तथा कालोपत्रे गर्नको लागि सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ठेक्का लगाएको थियो ।

कार्यालयले ठेक्का लगाए पनि समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक मर्मत गर्ने कार्य प्रभावित बनेको उनको भनाइ छ । अहिले सो कामलाई तीव्रता दिइएको छ ।सूचना अधिकारी केसीका अनुसार अहिले डिभिजनले १० वटा खण्डमा छुट्टाई आवधिक मर्मत सम्भार गर्ने काम गरिरहेको छ ।

कार्यालयले अहिले विशालनगर–बालुवाटार–गैरीधारा, सिनामंगल–डिल्लीबजार–बागबजार, डिल्लीबजार–कालिकास्थान–न्यु प्लाजा, बाँसबारी–बुढानिलकण्ठ, तीनकुने–कोटेश्वर, कलन्की –स्युचाटार, जोरपाटी–नयाँबस्ती, सुकेधारा–जनचोक–कृष्ण मन्दिर–मन्डिखाटार, ज्ञानेश्वर–रातोपुल, ताहाचल–छाउनी–स्वयम्भू लगायत अन्य केही सडक खण्डहरू मर्मतको काम गरिरहेको छ ।

‘गत आर्थिक वर्षमा नै सडक मर्मत सम्भार तथा विस्तार कार्य गर्नको लागि ठेक्का लगाएका थियौं, सो वर्षको फागुन, चैत्रमा डिजेल पेट्रोलियम पदार्थ मूल्य बढ्नुका साथै मूल्यवृद्धि बढ्यो, निर्माण व्यवसायीहरूले छुट्टीमा काम गरेनन्, त्यो बेला नभएको काम अहिले धमाधम भइ रहेको हो,’ सूचना अधिकारी केसीले भने ।

डिभिजनले प्रत्यक सडक खण्डको लागि बेग्ला–बेग्लै बजेट छुट्याएर ठेक्का लगाएको थियो । बाँसबारी–बुढानिलकण्ठ, तीनकुने–कोटेश्वर–मनोहराको खण्डको लागि ११ करोड ८५ लाख ८३ हजार ९ सय ३४, विशालनगर–बालुवाटार–गैह्रीधारामा २ करोड ७९ लाख ११ हजार ९२ र बागमती कोरिडोरदेखि बौद्धसम्म मर्मत गर्नको लागि डिभिजनले १ करोड २६ लाख ४८ हजार ३४ रुपैयाँमा ठेक्का लगाएको छ ।

यस्तै, डिल्लीबजार–अनामनगर खण्डको लागि ७३ लाख ५ हजार ७ सय ८०, टंकेश्वर–नागढुङ्कामा १ करोड १२ लाख ४० हजार २ सय १२, डिल्लीबजार– भोटाहिटीमा २ करोड ६९ लाख ३२ हजार ९ सय ९९,मण्डिकतार– कुमारी मन्दिर– जनकचोकमा २ करोड ८७ लाख ४२ हजार २ सय ११ र ज्ञानेश्वर–रातोपुल– गौशालाका लागि

२ करोड ८९ लाख ४४ हजार ६ सय २० रुपैयाँ सडक खण्ड मर्मत गर्नको लागि सो रकम ठेक्का लगाएको पनि डिभिजनले बताएको छ ।कार्यालयका अनुसार सडक मर्मत गर्नको लागि गत आर्थिक वर्षमा ठेक्का भएका योजनाको काम आगामी पुस महिनाभित्र सक्ने लक्ष्य छ ।

डिभिजन कार्यालय अन्तर्गत काठमाडौं भित्र पर्ने सम्पूर्ण सडकको मर्मत सम्भारमा गर्ने लक्ष्य लिएको पनि केसीले बताए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यका भित्र सडक विस्तारका लागि ४१ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment