Latest
img

निर्वाचनमा खटिएकी शिक्षिकाको नि’ धन

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको नि’ धन भएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको नि’ धन भएको धनकुटा प्रहरीले जनाएको छ ।

उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलीय बैठक चलिरहेका बेला अचानक बि’ रामी परेपछि उपचारका लागि लैजाँदै गर्दा बाटैमा नि’ धन भएको जनाइएको छ ।त्यस्तै आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा शान्ति सुरक्षाका लागि २ हजार ४ सय ९८ जना सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को तयारी सम्बन्धमा सञ्चारकर्मीहरूलाई जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार पत्रकार सम्मेलन गर्दै मङ्सिर ४ को निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि ४ तहको सुरक्षा घेरामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिएको हो ।

जिल्लाको १ सय ६४ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न सोहीअनुसारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रजिअ कट्टेलले चार घेराको सुरक्षालाई व्यवस्थित ढङ्गले परिचालन गर्न नेपाल प्रहरीसँगै म्यादी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको टोली सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर परिचालन हुने बताए ।

हरेक मतदानस्थलमा तयारी अवस्थामा राखिने प्रजिअ कट्टेलले बताए । उनले भने, ‘कुनै मतदानस्थलमा अप्रिय घटना भएको खण्डमा ३० देखि ४५ मिनेटभित्रमा नेपाली सेना पुग्ने गरी व्यवस्था मिलाइएको छ ।’प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मङ्सिर ४ गतेको निर्वाचन सम्पन्न गर्न १ हजार ३ सय ४ कर्मचारी परिचालन गरिएको बताए ।

उनले निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी गरी १ हजार ३ सय ४ जना खटाइएको पत्रकार सम्मलनमा जानकारी दिएका छन् ।नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका उपाध्यक्ष एवम् फोनिजका केन्द्रीय सदस्य विदुर खवासले मतदान र मतगणनास्थलमा पत्रकारहरूले तस्बिर र भिडियो खिच्न पाउनुपर्ने माग राखे ।

पत्रकार रमेशचन्द्र अधिकारीले पत्रकारहरूलाई निर्वाचन अवधिमा आयोगले सूचना दिन सहज वातावरण सिर्जना गर्न माग गरे । सो बारे बोल्दै मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले निर्देशिकामा मतदान र मतगणनास्थलमा क्यामेरा, मोबाइल लान नपाइने व्यवस्था भए पनि पत्रकारहरूलाई तस्बिर खिच्न दिने बताए ।

तर, उनले सर्वसाधारण मतदाता, राजनीतिक दलका कार्यकर्ता र नेतालाई पूर्णरूपमा प्रतिबन्ध लगाइनेछ ।प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समाजभित्रको सशक्त भूमिका निर्वाह गर्ने जगत् भनेकै पत्रकार भएकाले आफैले बुझेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

उनले निर्वाचनको दिन ११ किसिमको सवारी साधनबाहेक सबैखाले सवारी साधनमा पूर्णरूपमा सञ्चालनका लागि प्रतिबन्ध लगाइने बताए । उनले निर्वाचन सुरक्षा व्यवस्थाका लागि संवेदनशीलतालाई हेरेर पत्रकारहरूलाई गम्भीर भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment