Latest
img

सोलुखुम्बुको नेचा सल्यानमा मतदान अधिकृत सुतेकै ठाउँमा मृ’ त भेटिए

सोलुखुम्बु ।सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृ’ त अवस्थामा फेला परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृ’ त भेटिएका हुन् ।

गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृ’ त भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उनले बताए । राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

यो पनि – मुस्ताङ, त्यसमा पनि मंसि रमहिना, चिसोले कठ्याङ्ग्रिदै बस्नुपर्ने समय। अझै बाटोमा हिउँ परेर हिँड्नै नसक्ने भएपछि निर्धारित समयमा गन्तव्यमा पुग्नुपर्ने व्यक्तिको अवस्था कस्तो हुन्छ होला? यस्तो अवस्था निर्वाचन गराउन मतदान स्थलतिर हिँडेका मुस्ताङका कर्मचारीले भोगेका छन्।

मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाक्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।जिल्ला सदरमुकाम जोमसोमबाट सुरक्षाकर्मीको टोली गएर डोजरले सडकको हिउँ पन्छाएपछि बाटोमा रोकिएका मतदान अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी बल्ल मतदानस्थल पुगेका छन् ।

शुक्रबार सदरमुकामबाट डोजरसहित सुरक्षाकर्मी पुगेर बाटोको हिउँ पन्छाएपछि कर्मचारी मतदानस्थल पुगेका हुन्। यो मतदानस्थलमा शालिकराम रेग्मी मतदान अधिकृत छन् ।‘मुस्ताङ–डोल्पा जाने बाटोमा करिब एक किलोमिटर क्षेत्रको बाक्लो हिउँ डोजरले पन्छाएर निर्वाचनमा खटिएका कर्मचारीलाई मतदानस्थलमै पुर्‍याएर फर्केका छौँ’,

जिल्ला प्रहरी प्रमुख रविन्द्र पौडेलले भने, ‘जिल्लाका सबै मतदानस्थलमा निर्वाचन गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगी निर्वाचन पूर्वका काम सुरु गरेका छन्।’मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा

सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतसहित २९६ कर्मचारी मतदान सामग्री, सुरक्षाकर्मीसहित मतदान स्थल पुगेका छन्। प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिँदैछन्।

निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतको समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ र बढी थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६५० मतदाता छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment