Latest
img

कोरियाली नेता किमले पहिलो पटक सार्वजनिक गरे छोरी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन्। देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन्।

सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ। छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको देख्न सकिन्छ। सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल ह्वासोङ–१७ परीक्षण गरेको थियो।

तर, त्यो भन्दा ठूलो आश्चर्य किमसँगै छोरीको उपस्थिति थियो। किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन्। ‘यो पहिलो अवलोकन गरिएको अवसर हो जहाँ हामीले सार्वजनिक कार्यक्रममा किम जोङ उनकी छोरीलाई देखेका छौं,’ अमेरिका स्थित स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले भने,

‘यो धेरै महत्त्वपूर्ण छ र यसले किम जोङ उनको पक्षमा एक निश्चित हदसम्म सान्त्वनाको प्रतिनिधित्व गर्दछ ।’दुई छोरी र एक छोरासहित किमका कम्तीमा तीन सन्तान रहेका विज्ञहरूले बताएका छन्। केही पर्यवेक्षकहरूको विश्वास छ की ती मध्ये एक बच्चालाई सेप्टेम्बरमा राष्ट्रिय बिदाको एउटा उत्सवको भिडियोमा देखिएको थियो।

यो पनि – ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको छ। कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ। नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि

ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो। कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छः ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।’

यो साता मस्कले ट्वीटरका कर्मचारीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए। कामदारहरू कार्यलयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment