मौन अवधिमा पैसा बाँडेको आरोपमा नेकपा एमालेका नेता अमानसिंह तामाङका छोरा छत्रबहादुर पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा छत्रबहादुर चढेको गाडी रोकेर खानतलासी गर्दा उनको साथबाट पैसा र चेक भेटिएपछि केही स्थानीय युवाहरुले उनलाई कु’ टपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा चर्चामा छ ।
प्रहरीले चाहिँ उनले पैसा बाँडेको पुष्टि नभइसकेको बताएको छ ।स्थानीय युवाहरुले चाहिँ उनले पैसा बाँड्दै गर्दा आफूहरुले उनलाई पछ्याएको बताएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।अमानसिंह सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा कबाट उम्मेदवार हुन् ।
उनका छोराले पैसा बाँडेर मतदाता प्रभावित पार्न खोजेको आरोप लागेको हो ।प्रहरीका अनुसार तामाङसहित शंकास्पद नगद एक लाख १४ हजार ९ सय ५० रुपैयाँ, आईसीएफसी फाइनान्सको दुई बण्डल चेक र बा २० च १४२८ नम्बरको स्कार्पियो गाडी घटनास्थलमा फेला परेको छ ।
क्षेत्र न २ अन्तर्गत प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङले नगद बाँडेर मतादाता प्रभावित पार्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले उनको गाडी रोकेर कु’ टपिट गरेका थिए ।स्थानीयहरूका अनुसार दुवै दलका कार्यकर्ताबीच झ’ डप भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीकाअनुसार यहाँ झ’ डप हुने अवस्था बनेपछि प्रहरी निरीक्षक इन्द्रजित इटनीको अगुवाइमा पुगेको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो। ‘आरोपित तामाङलाई शनिबार साँझ नै चौतारा ल्याइएको, पैसा कसले कसलाई बाँडेको भन्ने अझै पुष्टि भैनसकेको प्रहरीले जनाएको छ ।
एमाले जिल्ला अध्यक्ष कमल नेपालले भने निर्माण व्यवसायी छत्रलाई सवारीबाट आफ्नो गन्तव्यतर्फ फर्किने क्रममा सत्ता गठबन्धन दलका कार्यकर्ताले सिपापोखरेमा सवारी तो’ डफोड गर्दै हातापात र कु’ टपिट गरेको बताए ।यही घटनालाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोकले भने घो’ र भर्त्सना गरेको छ ।
अघिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरको मेयरमा निर्वाचित अमानसिंह तामाङ यसपटक पार्टीबाट टिकट नपाएपछि चुनाव सुरु हुनुभन्दा एक महिनाअघि एमाले प्रवेश गरेका थिए ।उनका छोरा छत्र निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्षसमेत हुन् ।
एमाले प्रवेश गरेपछि प्रदेशसभा (क) मा टिकट पाएका तामाङ सत्ता गठबन्धका उम्मेदवार वाग्मती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा माओवादी पोलिटब्यूरो सदस्य युवराज दुलालसँग प्रतिस्पर्धा गर्दैछन् ।
Leave A Comment