Latest
img

केपी र राधिकाको भाइरल तस्विरमा समीक्षाले लेखिन् ‘लव यु मेरा बा-आमा’

मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुनै लाग्दा एमाले अध्यक्ष केपी ओलीले पत्नि राधिका शाक्यसँग सँगै भान्सामा गएर तरकारी केलाइरहेको दृश्य सेयर गरेका छन् ।ओलीले मौन अवधीमा सेयर गरेको उक्त तस्विरले चर्चा बटुलीरहेका बेला गायिका समीक्षा अधिकारीले उक्त तस्विरमा कमेन्ट गर्दै बा- आमा भन्दै सम्बोधन गरेकी छन् ।

ओलीले अफिसियल फेसबुक पेजमा पत्नी राधा सँग साग केलाउँदै गरेको एक तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा थुप्रैले सकारात्मक र नकारात्मक कमेन्ट गरेका छन् । जसमा गायिका अधिकारीको कमेन्ट पनि देख्न सकिन्छ । उनले कमेन्टमा ओली दम्पतीको तस्बिरमा लव रियाक्ट गर्दै ‘लव यु मेरा बा-आमा ‘ भनेर लेखेकी छन् ।

मौन अवधी अघि देश दौडाहामा रहेका केपी शर्मा ओली यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि पत्नि राधिका शाक्यसँग सँगै भान्सामा गएर तरकारी केलाइरहेको दृश्य अहिले सामाजिक संजालमा अत्यन्तै भाइरल बनिरहेको छ ।

सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नपाउने भन्दै निर्वाचन आयोगले कडाई गरिरहेका बेला ओलीले भने पत्नि राधिका शाक्यलाई साग केलाउन सघाइरहेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्–‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासंग साग केलाउँदै ।’

त्यसअघि उनले सुर्य उदाएको तस्विर राख्ने देखि बिभिन्न क्रियाकलाप गरेका तस्विरहरु सामाजिक सञ्जालमा मार्फत सार्वजनीक गर्दै आएका छन् ।अहिले ओली झापा रहेका छन् ।ओलीले कहिउ दिन अगाडी आफ्ना पिता सँग जन्मदिन मनाएको तस्बिर समेत सार्बजनिक गरेका थिए ।

यो पनि – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनमा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।

वि.सं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उमेदवार छन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।अध्यक्ष प्रचण्ड आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उनले भरतपुर महानगरपालिका–१४, शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उमेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यस्तै, लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उमेदवार हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment