काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीले कतार विश्वकप शुरु हुनुअघि एउटा फोटो सार्वजनिक गरे । जहाँ उनीहरु चेस खेलिरहेको देखिन्छन् । उक्त तस्बिर सार्वजनिक भएसँगै भाइरल भएको छ ।उक्त तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
उनीहरुसँगै चेस खेलिरहेको तस्बिर अरु केही नभएर विज्ञापन मात्र हो । उनीहरु पहिलो पटक एकै विज्ञापनमा देखिएका छन् ।दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै गरेको फोटो राखेर विज्ञापन गरेका छन् ।
सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुने गर्दछ । विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन । मेसीले लेखेका छन्,‘विजय मनको आस्था हो।’दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन् ।
विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ । मेसीले बालोन डि ओर सात पटक र रोनाल्डोले पाँच पटक बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।उता विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले १२ वर्षअघि कतारलाई विश्वकप आयोजना अधिकार दिइनु गल्ती भएको स्वीकारेका छन् ।
त्यतिबेला उनी नै फिफाको अध्यक्ष थिए । महत्वपूर्ण मतका लागि उनले निकोलास सार्कोज र मिचेल प्लाटिनीसँग पनि छलफल गरेको बताएका छन् ।फिफाको वित्तीय भ्रष्टाचारको मुद्दामासंघीय आपराधिक अदालतबाट गत जुलाईमा सफाई पाएपछि पहिलोपल्ट ८६ वर्षीय ब्लाटरले स्वीस सन्चारमाध्यम टामिडियासँग साक्षात्कार गरेका हुन् । उनीसँगै प्लाटिनीले पनि सफाई पाएका थिए ।
‘त्यो देश निकै सानो छ,’ सन् १९५४ को विश्वकप आयोजना गरेको स्वीट्जरल्याण्डपछि कै सानो आयोजक देशका रुपमा रहेको कतारको बारेमा ब्लाटरले भनेका छन्, ‘फुटबल र विश्वकप उसको तुलनामा धेरै ठूलो हो ।’दोहा शहरको आसपास रहेका ८ रंगशालामा ३२ टिमले ६४ खेल खेल्नेछन् ।
जुन सन् २०१० मा आयोजना अधिकार पाएपछि ठूलो मात्रामा निर्माण परियोजनाबाट तयार गरिएको हो ।‘यो एउटा खराव विकल्प थियो । त्यतिबेला अध्यक्षको हैसियदले यसको जिम्मेबारी म लिन्छु,’ ब्लाटर भन्छन् । उनले सुरुदेखि नै आफू अमेरिकालाई आयोजना अधिकार दिने पक्षमा रहेको बताउँदै आएका छन् ।
सन् २०२२ विश्वकपको आयोजना अधिकारका लागि पाँच देशबीच प्रतिस्पर्धा भएको थियो ।२ डिसेम्बर २०१० मा फिफा कार्यकारी समितिको बैठकको एक साताअघि फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले आयोजना गरेको बैठकपछि विश्वकप अधिकार कतारतर्फ ढल्किएको बताइन्छ । सो बैठक अघिसम्म अमेरिकाले आयोजना अधिकार पाउने निश्चितजस्तै थियो ।
फ्रान्सेली महान खेलाडी प्लाटिनी त्यतिबेला युईएफएको अध्यक्ष र फिफाको उपाध्यक्ष थिए । उनीसहित फिफाका शीर्ष नेतृत्वलाई राष्ट्रपति सार्कोजीले आफ्नो सरकारी निवासमा भेट गरेका थिए । कतारका राजकुमार शेख तामिम विन हमाद अल थानी पनि त्यहीँ थिए ।
सो बैठकमा सार्कोजीले कतारलाई अयोजना अधिकार दिलाउन दवाव दिएको मंगलबार पनि दोहो¥याएका छन् । पेरिस बैठकपछि पनि प्लाटिनीमार्फत टेलिफोन गरी विश्वकप आयोजना अधिकारको मतदान प्रक्रिया परिवर्तन गर्न भनिएको थियो ।‘प्लाटिनी र उनका युएईएफए टिमबाट चार मत कतारका पक्षमा गयो ।
जसले अमेरिकालाई आयोजना अधिकारबाट बन्चित गरिदियो,’ ब्लाटरले भनेका छन् । मतदानमा कतारको पक्षमा १४ र अमेरिकाको पक्षमा ८ मत परेको थियो ।सन् २०१५ मा एसोसियट प्रेस (एपी)सँग कुरा गर्दै प्लाटिनीले पेरिसमा सो बैठकको महत्वको पुष्टि गरिसकेका थिए ।
प्लाटिनीले ७ वर्षअघि ज्युरिचमा एपीका पत्रकारसँग भनेका थिए, ‘सार्कोजीले मसँग कहिल्यै पनि कतारलाई भोट दिन भनेनन् । तर, के गर्दा ठीक हुन्छ भनेर मलाई थाहा थियो ।’सन् २०१० मा कतारले आयोजना अधिकार पाएयता ब्लाटरले त्यहाँको श्रम शोषण र मानवअधिकार हननका बारेमा प्रष्ट धारणा राखेका छैनन् ।
Leave A Comment