धादिङको निलकण्ठ नगरपालिका ३ घर भएकी मनिता गुुरुङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । मंसिर १ गते धादिङबेशीको क्रिक रिसोर्टमा फोटो खिच्न भनेर दिउँसो १२ बजे निस्किएपछि घर फर्किएर नआएको मनिताकी आमा जानुका गुरुङले बताउनुभयो ।
मनिताकी आमा जानुका भन्नुहुन्छ–‘ एक गते घरमा आईन कतै साथीकोमा गएको होला भन्ने लाग्यो, भोलीपल्ट २ गते बिहानमा फोन गर्दा म धरान देखि ईटहरी जाँदैछु भन्ने खबर गरि, त्यसपछि छोरी सम्पर्कमा छैन । उनी निलकण्ठ मा.वि मा कक्षा ११ मा अध्ययन गर्दै आएकी थिईन ।
आफन्त र उसको सार्थीहरुसँग सोधखोज गर्दा केहि पत्ता नलागेकोले मनिता गुुरुङळाआईई देख्नुहुने व्यक्तिहरुले यसै सुचनालाई आधार मानि आमा जानुका गुरुङको फोन नम्बर ९८६९२१३०४६ अथवा ९८४३४३७४१५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
यो पनि – बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार शालिकराम जम्कटेलले गजुरी गाउँपालिका वडा नं. ७ स्थित किराञ्चोक कटुञ्जे मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।जम्कटेलले विहान ८:३० बजे मतदान गरेका हन् ।
१८८२ मतदाता रहेको यस मतदान स्थलमा ९९८ पुरुष र ८८४ जना महिला मतदाता रहेका छन् ।धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् ।धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।
त्यस्तै नीलकण्ठ नगरपालिका उपमेयर दिपक बिश्वकर्माले मतदान गर्नु भएको छ ।आज बिहान नीलकण्ठ नगरपालिका वडा न ७ स्थित कर्णेश्वर माविको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।उनले आफ्नो मत संविधानरक्षा, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भएको भन्दै आफ्नो अमुल्य मताधिकारको लागि सवैलाई आग्रह गर्नु भएको छ ।
Leave A Comment