Latest
img

मंसिर ४ पछी पत्तासाफ हुने पालो एमालेको आउँदैछ: खतिवडा

पत्तासाफ हुने पालो एमालेको आउँदैछ हामी त ढुक्क छौ, केपी कमरेडलाई हेक्का रहोस: जगन्नाथ खतिवडा

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडलाई लिएर कुनै सकस र द्धन्द्ध नरहेको स्पष्ट पारेका छन् ।

उनले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्वसहित पाँच वर्ष सरकार चलाउने पनि बताए ।उनले आफूहरुले आगामी निर्वाचनको लागि गठबन्धनभित्र २५ प्रशित दाबी गरेको सुनाए । उनले आफ्नो दलमा चुनाव जित्नसक्ने धेरै नेताहरु रहेको स्पष्ट पारे ।

उनले आम निर्वाचन स्वयममा हैसियत जाँच गर्ने निर्वाचन भएकोले आफूहरुको हैसियतपनि निर्वाचनपछि देखिने बताए । उनले भने, हामी जनताको बीचमा जाँदैछौं । हाम्रो ग्राउण्ड बलियो छ । हामी त एमालेबाट विद्रोह गरेर आएका हौं ।

उनले आफूहरुको पार्टीको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको कुनै महत्व नरहेको जिकिर गरे । उनले भने, ‘अब पत्तासाफ हुने पालो प्रत्यक्षतर्फ एमालेको आउँदैछ । केपी कमरेडलाई यो हेक्का रहोस ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?.

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment