Latest
img

अब केहि क्षणमै कतारमा शुरु हुन् गैरहेको विश्वकप निशुल्क लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँ – संसारकै सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता फिफा विश्वकपको २२ औं संस्करण आज देखि सुरु हुँदैछ ।मध्यपुर्व तथा अरब राष्ट्रमा पहिलोपटक र जाडो महिना हुन लागेकाले पनि यो विश्वकप केही विशेष मानिएको छ । एक महिने प्रतियोगिताको लागि १२ वर्ष अघि देखि कतारले गरेको मिहेनतको परिक्षा सुरु भएको छ ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएयता कतारले नयाँ सहर,विमानस्थल,मेट्राे लाइन,नयाँ भवन,पार्क,सात रंगशाला लगायत अन्य पुर्वाधार निर्माण गरिसकेको छ । त्यसका लागि कतारले २ खर्ब २० अर्ब डलर लगानी गरेको छ,जुन विश्वकपको इतिहासमै महङ्गो रहेको छ।

मेस्सी,नियमार,रोनाल्डाे जस्ता फुटबलका महान हस्ती यतिखेर कतारमा छन् । देशको मुख्य सहर बेहुली जस्तो सिङारिएको छ । टिकट नहुने दर्शकलाई विभिन्न स्थानमा विश्वकप हेर्न फ्यान जोन बनाईएको छ ।बेलुका ५ बजे अल खोरस्थित ६० हजार सिट क्षमता भएको अल बायत रंगशालामा हुने उद्घाटन समारोहको सम्पूर्ण तयारी भैसकेको छ ।

समारोहको उद्घाटन अमिर शेख तमिम बिन हमाद अल थानीले गर्नुहुनेछ । तीस मिनेटको कार्यक्रममा बिटिएसका जङकुक र कतारी गायक फहद अल कुबैसीले प्रस्तुति दिनेछन् ।कतारी परम्परालाई विश्व संस्कृतिसँग जोड्न विश्वस्तरीय प्रतिभाको नेतृत्वमा हुने कार्यक्रममा ३२ प्रतिस्पर्धी टोली, यसअघिका आयोजक र कार्यक्रम स्वयंसेवकहरूलाई समर्पित गरिनेछ ।

यसैबीच विश्वकप फुटबल सञ्चालन गर्ने फिफाले यसपटक हरेक देशका लागि टेलिभिजन, रेडियो, मोबाइल र इन्टरनेटका लागि छुट्टाछट्टै ‘राइट्स’ बिक्री गरेको छ। यो राइट्स बिक्री बापत मात्रै फिफाले विश्वभरका २२३ वटा देश (टेरिटोरी)बाट तीन अर्ब डलर (तीन खर्ब ९० अर्ब रुपैयाँ) बराबरको रकम असुल गरिसकेको छ।

फिफाको यो निर्णयले यसपटकको विश्वकप पैसा नतिरी हेर्न असम्भव जस्तै भएको छ ।कतारी च्यानल अल कास टिभीले विश्वकपको उद्घाटन समारोह र कतार विरुद्ध इक्वेडरबीचको खेल प्रशारण गर्ने घोषणा गरेको छ ।अल कासले विश्वकपको पहिलो खेल आफ्नो निशुल्क च्यानलहरूमा प्रसारण गर्ने बताएको छ।

यसअघि बेइन मिडिया समूहले विश्वकपको २२ खेलहरू मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा आफ्नो फ्रि-टु-एयर बेइन स्पोर्ट्स च्यानलमा प्रसारण गर्ने घोषणा गरेको थियो। बाँकि खेल हेर्न च्यानलको विश्वकप प्याकेज खरिद गर्नुपर्नेछ ।लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment