आम निर्वाचन २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो ‘फ्याक्टर’ पुराना दलहरूलाई धक्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हुने धेरैको प्रक्षेपण छ। पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टीले केही सीटमा प्रत्यक्षतर्फ जित्ने र समानुपातिक भोटमा नसोचेको परिणाम ल्याउने विभिन्न एक्जिट पोलहरूले देखाएका छन् ।
पहिलोपटक जनताबाट अनुमोदन हुन परीक्षा दिएका रविले निर्वाचन आउनु केही महिनाअघि मात्र पार्टी खोलेका थिए । नयाँ पार्टी खोल्दा जसरी मुलुकभर लाखौँ मतदातालाई उत्साही र उद्वेलित बनायो ।अहिले मतदानको दिनसमेत उत्तिकै मतदातालाई लोभ्यायो । कतिपय ठाउँमा ठूला दललाई हायलकायल बनाएपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ ।
१३१ क्षेत्रमा उम्मेदवारी दिएको स्वतन्त्र पार्टीले प्रत्यक्षमा जित्न सक्ने सीटको आकलन भने ठ्याक्कै गरिएको छैन । समानुपातिकमा भने नसोचेको परिणाम ल्याउने धेरैको अपेक्षा छ ।प्रत्यक्षमा चितवन २ बाट उठेका रवि लामिछानेसहित केहीले जित्ने केही एक्जिट पोलहरूले देखाएका छन् ।
रविबाहेक ललितपुर ३ मा तोशिमा कार्कीको पनि बलियो सम्भावना रहेको बताइन्छ । काठमाडौं २ मा सोबिता गौतम र काठमाडौं ६ मा शिशिर खनालको पनि राम्रो माहौल रहेको बताइन्छ ।केही ठाउँमा जित्ने विभिन्न एक्जिट पोलले देखाएको छ । धेरै ठाउँमा नजिते पनि अन्य पार्टीलाई हराउने मत ल्याउन सक्ने आंकलन छ ।
योसँगै राष्ट्रिय राजनीतिमा रविको प्रभावबारे अनुमान गर्ने समय आएको छ । यो निर्वाचनबाट उनको शक्ति परीक्षण हुनेछ । चुनावमार्फत संसद्मा रवि डेब्यू भएमा उनको प्रभाव राष्ट्रिय राजनीतिमा पर्नेछ ।राष्ट्रिय स्वतन्त्र पार्टीले युवा र फरक क्षेत्रका व्यक्तिलाई पार्टीमा ठाउँ दिएर र उम्मेदवार बनाएर देशभर माहौल बनायो ।
स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही ठाउँमा स्वतन्त्र उम्मेदवारले चुनाव जिते । अघिल्लो स्थानीय चुनावमा युवा मतदाताहरू स्वतन्त्र उम्मेदवारप्रति आकर्षण भइरहँदा रविले पार्टीमा परिणत गरेका थिए ।आम जनताको मानसिकता पुराना दलबाट बदलिएको सुइँको पाएपछि सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आए रवि लामिछाने ।
आम जनताको पुराना दलप्रतिको वितृष्णालाई ‘क्यास’ गर्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर उनी चुनावी मैदानमा उत्रिए ।आफ्नो दल हस्तक्षेपकारी भूमिकामा उदय हुने स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालको दाबी छ । ढकाल भन्छन्, ‘‘हामी मुलुक बनाउन आएका हौँ ।
विकृत राजनीति सफा गर्न आएका हौँ । हामीलाई यसपटक जनताले राम्रो मतले अनुमोदन गरेका छन् भन्ने आकलन गरेका छौँ । हस्तक्षेपकारी भूमिकाले हामी नेपाली राजनीतिमा उदय हुने अवस्थामा छौँ ।’’अघिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा आएको ह्विम रविले ‘क्यास’ गर्ने प्रयास गरेका हुन् ।
पार्टीको नाम मात्रै होइन, उनको र उनको दलका उम्मेदवारको प्रचार शैली त्यही थियो । गएको निर्वाचनमा प्रायः स्वतन्त्रहरूले राष्ट्रिय झन्डा ओढेर भोट मागे ।काठमाडौं महानगरमा बालेन शाह होस् या धरानमा हर्क साङ्पाङ सबैले राष्ट्रिय झन्डा काँधमा ओढेर मतदाताको घरमा भोट माग्न गए ।
अहिले रवि लामिछानेले पनि त्यसलाई पछ्याए । झन्डा नै ओढेर भाषण गरे ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले राष्ट्रिय झन्डा नै देखाउँदै मत मागे । रवि लामिछानेले त्यस्तो बेला पार्टी गठन गरे, जतिबेला हुर्किँदै गरेका केही वैकल्पिक शक्तिहरूसमेत सुक्न थालेका थिए ।
ती वैकल्पिक पार्टीप्रति आम मानिसको वितृष्णालाई आफूतिर तान्न सफल भएका विश्लेषकहरूको तर्क छ ।यसपालिको चुनावमा देखिएको जनलहरबाट विश्लेषकहरूले भनेका छन्, ‘‘मूलधारका पार्टीहरूप्रति वितृष्णा बढ्दो छ । ७० को दशक पार गरिसकेका हजुरबा पुस्ताले नेतृत्व गरिरहेको पार्टीप्रति नयाँ पुस्ताको रुचि छैन ।
त्यो अरुचिका लागिसमेत उनले आफ्नो पार्टीलाई विकल्पका रूपमा उभ्याउने अपेक्षा गरेका थिए । त्यो करिब पुरा हुने सम्भावना छ ।’’लामिछानेलाई राजनीतिका लागि पृष्ठभूमि बनाउने काम उनको टेलिभिजनकारिताले गरेको हो । ‘सिधा कुरा जनतासँग’ ब्रान्डमा सञ्चालन गरेका उनी कार्यक्रममा लोकप्रिय रहे ।
पछि टेलिभिजन परिवर्तन गरेर ‘सिधा कुरा’ नामको कार्यक्रम चलाए ।त्यो कार्यक्रममा उनले मूलतः आमजनका दैनन्दिनका समस्याको उठान गरे । कतिपय अवस्थामा ती समस्याको समाधान गर्न आफै लागे । विकृत राजनीतिक नेतृत्व लक्षित उनको धारिलो टिप्पणी आमजनको ‘आवाज’ बन्यो ।त्यसैले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी र उनको चुनावचिह्न घण्टीको क्रेज देशैभर देखियो ।
उनी उम्मेदवार रहेको चितवनदेखि काठमाडौंसम्म, पूर्वदेखि पश्चिमसम्म जनलहर देखियो।एक विश्लेषक भन्छन्, ‘‘ मतदानको समयमा मतदाताको रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकसहित सबै भन्दा बढी सिट ल्ख्नेयाउने दल बन्न सक्छ ।
Leave A Comment