Latest
img

कतारमा विश्वकप फुटबलको भव्य उद्घाटन

काठमाडौं । कतार विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारस्थित अल बायत स्टेडियममा आज साँझ कतारी संस्कृतिसहितको प्रस्तुती गरिँदै उद्घाटन गरिएको हो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गर्दै कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गरेका थिए ।

त्यसअघि, हलिवुडका कलाकार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यताबारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए ।विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ ।यो फुटबल विश्वकप पहिलो पटक मध्यपूर्वले आयोजना गरेको हो। कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् । आज पहिलो खेल आयोजक राष्ट्र कतार र इक्वेडरबीच हुनेछ ।

सन् २०२१ को फेब्रुअरी महिनामा गार्डिअन पत्रिकाले कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्धारण भएयता त्यहाँ भारत, पाकिस्तान, नेपाल, बाङ्ग्लादेश र श्रीलङ्का गरी ६ हजार ५ सय आप्रवासी मजदुरहरूको ज्यान गएको समाचार प्रकाशन गरेको थियो

उक्त सङ्ख्या कतारमा अवस्थित ती सम्बन्धित देशका दूतावासहरूबाट प्राप्त भएको जनाइएको थियो। कतार सरकारले भने उक्त सङ्ख्या भ्रामक भएको बताउँदै मारिएका सबै मजदुरहरू विश्व कपसँग सम्बन्धित परियोजनामा सम्बद्ध नभएको जनाएको थियो।

कतारमा समलि’ ङ्गी यौ’ न गैर कानुनी भएको र देशमा कडा शरिया कानुन लागु रहेकाले खेलका एलजीबीटी समुदायका प्रशंसकहरूसँग कस्तो व्यवहार होला भन्ने आशंका पनि गरिएका थिए। गत हप्तामात्रै सन् २०१० मा कतारलाई खेल आयोजनाको अवसर दिने घोषणा गरेका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले त्यो निर्णय “गल्ती” भएको बताएका थिए। ‌

खेल आयोजना हुने एकदिन अगाडि बोल्दै फिफाका वर्तमान अध्यक्ष जिआनी इन्फान्टिनोले कतार र प्रतियोगिताको बचाउ गर्दै पश्चिमा जगत्‌लाई कतारको मानवअधिकार रेकर्डका बारेमा गरिएको रिपोर्टीङ्गलाई लिएर “दोहोरो चरित्र” को आरोप लगाएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment