Latest
img

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ । केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् ।

चितवन (१) को खैरहनी, चितवन (२) को भरतपुर र चितवन (३) को रामपुरमा मतगणना हुने छ ।त्यस्तै उता डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।

डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।उत् झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले अग्रता बनाउँदै लगेका छन्।

सोमबार बिहानदेखि जारी मतगणनामा एमालेका देवराज घिमिरेले अग्रता बनाइरहेका हुन्। १६ सय ७४ मत गनिसक्दा उनले ६३० मत ल्याएका छन्। घिमिरेलाई पछ्याएका नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ३९७ मत ल्याएका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ३०१ मत प्राप्त गरेका छन्। अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १९८ मत ल्याउँदै पछ्याइरहेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment