Latest
img

पछिल्लो अपडेट : ललितपुर जिल्ला क्षेत्र नम्बर १ मा नवराज सिलवाल १२९३

ललितपुर जिल्ला क्षेत्र नम्बर १ को ताजा पट परिणाम प्राप्त भएको छ ।जस अनुसार नवराज सिलवाल १२९३ र उदय राणाले ७८०५ मत प्राप्त गरेका छन् ।उता नेकपा एमालेले काठमाडौं–७ को अग्रता उल्ट्याएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् ।

घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् ।मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

उता काठमाडौ निर्वाचन क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।यहाँ गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंह तेस्रो भएका छन् ।प्रारम्भिक गणनाअनुसार यहाँ राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन् । एमालेका किरण पौडेलले १८६ र कांग्रेसका प्रकाशमान सिंहले १८३ मत पाएका छन् ।

उता भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ।

एमाले एक हजार ६ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय २४ र नेपाल मजदुर किसान पार्टीले २ सय ५० मत प्राप्त गरेको छ। मतगणना जारी रहेको छ ।निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उहाँले जानकारी दिए।

त्यसैगरि क्षेत्र नं १ मा आज बिहान ८ बजेदेखि मतगणना सुरु गरिने भएको छ। भक्तपुर क्षेत्र नं १ को मतगणना चाँगुनारायण नगरपालिका, खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा तयारी भइरहेको प्रमुख न्यौपानेले जानकारी दिए। आज बिहान ८ बजेलाई आह्वान गरेको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने बताइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment