Latest
img

तीन वर्ष दुबईको अस्पतालमा बसेर फर्किए सुवास

दुबईमा दु’ र्घट्नामा परी घाइते भएका काभ्रेपलान्चोक, भुल्भुका सुवास पन्तको उद्धार गरी नेपाल पठाइएको छ । तीन वर्षअघि दुबईस्थित किब्सन्स इन्टरनेसनल कम्पनीमा सेल्सम्यान पदमा काम गर्न आएका २६ वर्षीय पन्त सवार साइकल दु’ र्घटनामा परेको थियो ।

सन् २०२० को जनवरी ३ तारिखका दिन दुबईमा कारले उनी सवार साइकललाई ठक्कर दिँदा पन्त घाइते बनेका थिए । त्यसपछि पन्तलाई दुबईको रसिद अस्पतालमा भर्ना गरी उपचार गराउँदै आएको थियो । पन्तलाई पछिल्लो समय अज्मानको थुम्बे अस्पतालमा राखी उपचार गरियो ।

काभ्रेपलान्चोक, भुल्भुका सुवास पन्त लगातार १८ महिनासम्म कोमामा थिए ।पन्तलाई एनआरएन युएईका केन्द्रीय सदस्य वेदप्रकाश पोखरेल, एनआरएन अजमानका उपाध्यक्ष पशुपति खड्कालगायत नेपाली समाजसेवीको पहलमा उद्धार गरी नेपाल पठाइएको हो ।

हाल पन्तको अवस्था सुधारोन्मुख रहे पनि हातगोडालगायत शरीरका विभिन्न अंगहरू नचलेको एनआरएन युएईका केन्द्रीय सदस्य पोखरेलले बताए । आर्थिक अवस्था कमजोर भएकाले थप उपचार गर्न समस्या परिरहेको भन्दै परिवारले सहयोगका लागि अनुरोध गरेको छ ।

यो पनि – मलेसियामा अ’ वैधानिकरुपमा रहेका १ सय ११ जना नेपाली कामदारहरु स्वदेश फर्काइएको छ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा गई रोजगारदाता कम्पनी छाडेर अवैधानिक अवस्थामा पक्राउ परेका उनीहरूलाई अदालतले तोकेको सजाय भोगी घरफिर्ती केन्द्रमा बसेपछि स्वदेश फर्काइएको हो ।

स्वदेश फर्काइएकाहरु साउनदेखि कात्तिक मसान्तसम्म पक्राउ परी मलेसियाका विभिन्न घरफिर्ती केन्द्रमा रहेका व्यक्तिहरु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई स्वदेश फर्काउन दूतावासले सहयोग तथा समन्वय गरेकोे थियोे ।सोही अवधिमा मलेसियामा अवैधानिक भई बिरामी परी अलपत्र भएका ५२ जना नेपालीलाई पनि स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

मलेसियामा भिसा अवधि सकिएपछि ओभरस्टे भई बसेका नेपालीहरुलाई दूतावासले निःशुल्क अध्यागमनसम्बन्धी कागज ‘ट्राभल डकुमेन्ट’ बनाइदिने गरेको छ । त्यसरी ओभरस्टे भएका तथा जेल परेकाहरूलाई दूतावासको सहयोगमा नै विमानस्थलमा पु¥याइएको जहाज चढाउने गरिएको छ ।

उनीहरूलाई कम्तीमा ६ वर्ष आफ्नो मुलुक प्रवेश गर्न नपाउने गरी मलेसियाले कालोसूचीमा राख्ने गरेकोे छ । नेपाली दूतावासले बेला–बेला अवैधानिक भएर नबस्न रोजगारीका लागि गएका नेपालीहरुलाई आग्रह गर्दै आएका भएपनि क्यासिनोको कु’ लतमा वा विदेशी महिलाको प्रभावमा परेका नेपालीहरु अवैधानिक हुने बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment