काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर –१ को ताजा मत परिणाम प्राप्त भएको छ जस अनुसार नेपालि काँग्रेस प्रकाशमान सिंह ८१८ राप्रपा रवीन्द्र मिश्र ७३६ एमाले किरण पौडेल ४९६ रमेश खरेल ३५७ र रास्वपा पुकार बम ५२६ मत प्राप्त गरेका छन्
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादु खड्का ३५९ मतका साथ अगाडि छन् ।दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार नवराज गेलाल छन् । उनले ३५६ मत प्राप्त गरेका छन् ।
निवर्तमान सांसद नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २९२ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । २०७४ सालको निर्वाचनमा सुवाल ३३ हजार ७६ मत प्राप्त गरेर विजयी भएका थिए ।उता भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को ताजा मत परिणाम प्राप्त भएको छ ।
जस अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ४११३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार महेश बस्नेतले ३६८१ मत प्राप्त गरेका छन् ।उत्या प्रतिनिधि सभातर्फ कास्की–२ मा १८०४ं गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता कायमै छ।
कँडेलले ५६१ प्राप्त गरेका छन्। एमालेकी विद्या भट्टराईले ४१७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले ३०२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ३६० मत प्राप्त गरेका छन्। त्यस्तै काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराज भक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।
श्रेष्ठले ६०७ र हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत का साथ पछ्याइरहेका छन् ।त्यस्तै एमालेका शिबराज बिद्या ३०४ मत का साथ तेश्रोमा छन् ।उता प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली बिजय भएका छन् ।
थकालीले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचन लाई हराउदै बिजय भएका हुन् ।थकालीले ३९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३०७८ मत प्राप्त गरेका छन् ।मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । २९ बर्षीय थकाली प्रतिनिधि सभाको निर्वाचन जित्ने पहिलो सांसद बनेका छन् ।
उता काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।
त्यस्तै ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् ।
तोसिमाले ६७३ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।उता झापा-१ को दिउँसो १ बजेदेखि मेची नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरू हुने भएको छ। सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीले गर्ने जनाएको छ।
मतपत्र गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। झापा १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यस्तै सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।
१०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् ।यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।
Leave A Comment