ललितपुर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मतका साथ अग्रता कायमै राखेका छन् ।दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ८७५ मत पाएकी छिन् ।तेश्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ७७५ मत पाएकी छिन् ।त्यस्तै,
त्यस्तै हाल मतगणना जारी छ ।त्यस्तै उता काठमाडौं क्षेत्र नम्बर –१ को ताजा मत परिणाम प्राप्त भएको छ जस अनुसार नेपालि काँग्रेस प्रकाशमान सिंह ८१८ राप्रपा रवीन्द्र मिश्र ७३६ एमाले किरण पौडेल ४९६ रमेश खरेल ३५७ र रास्वपा पुकार बम ५२६ मत प्राप्त गरेका छन्
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादु खड्का ३५९ मतका साथ अगाडि छन् ।दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार नवराज गेलाल छन् । उनले ३५६ मत प्राप्त गरेका छन् ।
निवर्तमान सांसद नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २९२ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । २०७४ सालको निर्वाचनमा सुवाल ३३ हजार ७६ मत प्राप्त गरेर विजयी भएका थिए ।उता भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को ताजा मत परिणाम प्राप्त भएको छ ।
जस अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ४११३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार महेश बस्नेतले ३६८१ मत प्राप्त गरेका छन् ।उत्या प्रतिनिधि सभातर्फ कास्की–२ मा १८०४ं गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता कायमै छ।
कँडेलले ५६१ प्राप्त गरेका छन्। एमालेकी विद्या भट्टराईले ४१७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले ३०२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ३६० मत प्राप्त गरेका छन्। त्यस्तै काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराज भक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।
श्रेष्ठले ६०७ र हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत का साथ पछ्याइरहेका छन् ।त्यस्तै एमालेका शिबराज बिद्या ३०४ मत का साथ तेश्रोमा छन् ।
Leave A Comment