Latest
img

चितवन क्षेत्र न २ को मतगणना सुरु , १०० गणना हुदा घन्टीमा ५ मात्रै

चितवन क्षेत्र न २ को मतगणना सुरु भएको छ । १०० गणना हुदा नेकपा एमाले ५३ राष्टिय स्वतन्त्र पार्टी ५ नेपाली कांग्रेस ३३ मत प्राप्त गरेको प्राम्भिक नतिजा प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ ।

यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ ।यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।उता दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।सुरु वाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले महासचिव शंकर पोखरेलले अग्रता बनाएका छन्।

उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन्। उनले १०८ मत ल्याउन सफल भएकी छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवारलाई ४ मत खसेको छ।

त्यस्तै काठमाडौं क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ ।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेकामा ५२ हजार नौ सय ५५ मत खसेको थियो ।सो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट ओनसरी घर्ती, नेकपा (एमाले) बाट मणिराम फुयाँल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमलगायत उम्मेदवार छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment