चितवन-२ को मतगणना सुरु भएको छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले १५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले २५ मत पाएका छन् ।
यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ ।यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ ।
यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।उता दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।सुरु वाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले महासचिव शंकर पोखरेलले अग्रता बनाएका छन्।
उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन्। उनले १०८ मत ल्याउन सफल भएकी छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवारलाई ४ मत खसेको छ।
त्यस्तै काठमाडौं क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ ।
सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेकामा ५२ हजार नौ सय ५५ मत खसेको थियो ।सो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट ओनसरी घर्ती, नेकपा (एमाले) बाट मणिराम फुयाँल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमलगायत उम्मेदवार छन् ।
Leave A Comment